News 24 Television
आफ्नै भवन नहुँदा ट्राफिक प्रहरीलाई ठूलै सास्ती !
आफ्नै भवन नहुँदा ट्राफिक प्रहरीलाई ठूलै सास्ती ! इलाममा जिल्ला ट्राफिक प्रहरीको आफ्नै भवन नहुँदा कार्य सम्पादनमा समस्या देखिएको छ । वर्षौँदेखी भाडाको साँघुरो कोठाबाट कार्यालय सञ्चालन भइरहँदा नियम उल्लङ्घन गर्ने सवारी राख्न समेत जिल्ला प्रहरी कार्यालयमा पठाउनु पर्ने बाध्यता छ ।
बालेनविरुद्ध लड्ने मुडमा एमाले र काँग्रेस, बढ्यो द्वन्द्वको खतरा !
बालेनविरुद्ध लड्ने मुडमा एमाले र काँग्रेस, बढ्यो द्वन्द्वको खतरा ! सरकारले संवैधानिक परिषदसम्बन्धी विवादास्पद अध्यादेश दोहो¥याएर जारी गराएपछि मुलुकमा राजनीतिक तनाव चुलिएको छ । विपक्षी दलहरू नेपाली काँग्रेस र एमालेले सरकारको कदमलाई अधिनायकवादी भन्दै संसद्मा कडा प्रतिवाद गर्ने तयारी गरेका छन् । सुकुम्बासी मुद्दा र अध्यादेशको प्रयोगले अविश्वास बढाउँदा पुनः राजनीतिक द्वन्द्वको खतरा गहिरिँदै गएको छ । यसले वैशाख २८...
साथीको मुखमा विश्वास, मनभित्र विश्वासघात : ११ दिनपछि भेटिएको सरिताको शव
साथीको मुखमा विश्वास, मनभित्र विश्वासघात : ११ दिनपछि भेटिएको सरिताको शव ११ दिनअघि “बजार जान्छु” भन्दै घरबाट निस्केकी सरिता त्यसपछि कहिल्यै फर्किनन्। घरका आँखा बाटोमै टक्क अडिए, परिवारको मन डर र आशंकाले भरिँदै गयो। आफन्तहरूले हरसम्भव खोजे, चिनेजानेका सबै ठाउँ धाए, तर कतै कुनै सुराक पाएनन्। अन्ततः बाध्य भएर प्रहरीमा हराएको निवेदन दर्ता गरियो।
साधन अभावै शिक्षाः भैरहवाको बहिरा विद्यालयको स्वर्ण जयन्ती
साधन अभावै शिक्षाः भैरहवाको बहिरा विद्यालयको स्वर्ण जयन्ती कान सुन्न नसक्ने विद्यार्थीहरुलाई अध्ययन गराउने उद्देश्यले रुपन्देहीको भैरहवामा स्थापना भएको बहिरा बाल माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाएको छ । २०३२ सालमा श्रवण शक्ति नभएका विद्यार्थीहरुलाई अध्ययन÷अध्यापन गराउने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–२ मा यो विद्यालय स्थापना गरिएको हो ।
Weather Update