News 24 Television
पोखरामा बसपार्क छेउछाउ बस्नै लाज ! देहव्यापार खुलमखुला !
पोखरामा बसपार्क छेउछाउ बस्नै लाज ! देहव्यापार खुलमखुला ! अनैतिक क्रियाकलापको अखडा बनेको पोखराको बागलुङ बसपार्कले विस्तारै नयाँ लय समात्दै थियो । अनैतिक कृयाकलापहरु रोकिएका थिए । स्थानीयहरुले बागलुङ बसपार्क भन्ने शब्द नै बदनाम भए पछि विन्दवासिनी माताका नाममा बसपार्कको नामकरण गरे । तर, अहिले फेरि यो क्षेत्रमा यौनजन्य क्रियाकलापले निरन्तरता पाउन थालेको छ ।
ललितपुरको कुपण्डोलमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उद्घाटन
ललितपुरको कुपण्डोलमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उद्घाटन नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनार टायल्सले ललितपुरमा आफ्नो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ। ललितपुरको कानदेउतास्थान, कुपण्डोलस्थित सेरामिक सन्सार प्रा.लि.लाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार टायल्सले यो शोरूम उद्घाटन गरेको हो।
जेलभित्र डरलाग्दो अवस्था ! कैदीबन्दीहरुको क्षणभरमै ज्यान जाँदै !
जेलभित्र डरलाग्दो अवस्था ! कैदीबन्दीहरुको क्षणभरमै ज्यान जाँदै ! सुनसरीको झुम्का कारागारमा तीनजना कैदीबन्दीको मृत्यु भएको छ । कारागारमा फैलिएको उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र बान्ता हुने जस्ता लक्षणको रोगका कारण तीनजनाको मृत्यु भएको हो । कारागारमा दर्जन बढी यस्तै लक्षण भएका विरामी छन् । एकाएक एकसाथ कैदीहरु विरामी पर्ने र मृत्यु हुनुले गम्भिर प्रश्न उब्जाएको छ ।
झापाका नगरहरु अझै जुटेनन्, नागरिकको करोडौं रकम कामविहीन
झापाका नगरहरु अझै जुटेनन्, नागरिकको करोडौं रकम कामविहीन झापाको कनकाइ नगरपालिका, विर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाको साझेदारीमा ८ वर्षअघि शुरु गरिएको परियोजना अहिलेसम्म पनि पूर्ण हुन सकेको छैन । राज्यकोषको १६ करोडभन्दा बढी खर्च भइसकेपनि “कनकाई–विर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेड” ले हालसम्म नागरिकलाई प्रत्यक्ष सेवा दिन सकिरहेको छैन ।
Weather Update