News 24 Television
खरानी खोस्रिएर शुरु गरियो अत्यावश्यक सेवा
खरानी खोस्रिएर शुरु गरियो अत्यावश्यक सेवा जेनजी आन्दोलनका नाममा भएको तोडफोड र आगजनीले क्षति पुगेका रुपन्देहीका धेरै कार्यालयहरुले पाल टाँगेर, पार्किङ र बैकल्पिक उपायहरु अपनाएर कार्यालय संचालन र सेवा दिन सुरु गरेका छन् । खासगरी सेवाग्राहीको बढी भीड हुने कार्यालयहरुले आइतबारदेखि नै सेवा सुचारु  गरेका हुन् ।
राष्ट्रपतिले संविधान मासे कि जोगाए ?
राष्ट्रपतिले संविधान मासे कि जोगाए ? भदौ २३ र २४ गतेको जेन जी आन्दोलनले मुलुकको राजनीतिक कोर्ष नै बदलिदिएको छ । आन्दोलनको दोस्रो दिन देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित राज्यका तीन वटै निकाय ध्वस्त बनेका छन् ।
काठमाडौं महानगर जोगियो, बाहिर जोगिएन
काठमाडौं महानगर जोगियो, बाहिर जोगिएन जेन जी र जेनजीका नाममा भएका आन्दोलनमा काठमाडौँ महानगरपालिकाका कुनै पनि संरचनामा क्षती पुर्याइएन । तर, देशको सबैभन्दा ठुलो पोखरा महानगरपालिका अधिकांस वडा कार्यालयहरु भने ध्वस्त पारिए । अव यी कार्यालय पुरानै अवस्थामा फर्कन धेरै समय लाग्ने भएको छ ।
अबको संवैधानिक र कानुनी निकास के ?
अबको संवैधानिक र कानुनी निकास के ? भर्खरै मुलुकमा उथलपुथल भएर सत्तापलटको घटना भयो । संवैधानिक संकटका बीच पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको छ । यसँसगै प्रतिनिधिसभा विघटन भएकोमा प्रमुख राजनीतिक दलहरूले असन्तुष्टि जनाइरहेका छन् । कतिपयले प्रतिनिधिसभा पुनस्थापनाको माग समेत गरेका छन् । अहिलेको अन्यौल र संकटबारे बुँदागत रुपमा संवैधानिक र कानुनी...
आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरू पक्राउ
आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरू पक्राउ जेनजी आन्दोलनको क्रममा जनकपुरधामको विभिन्न स्थानमा आगजनी, तोडफोडका साथै लुटपाटमा संलग्न रहेकाहरुलाई धनुषा प्रहरीले पक्राउ गरी कानूनी प्रक्रिया अगाडि बढाउने भएको छ । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते धनुषाको विभिन्न स्थानमा तोडफोड तथा आगजनीमा संलग्नहरुलाई पक्राउ गर्न शुरु गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाले आन्दोलनको नाममा फरकफरक स्थानमा...
Weather Update