पतञ्जली जग्गा प्रकरण : माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बिहीबार, जेठ २२, २०८२
सत्ता भर्सेस प्रतिपक्षी जुहारी, आ–आफ्नो दम जाँच्दै नेताहरु ?
बिहीबार, जेठ २२, २०८२
संसद बैठक बस्न नसक्ने स्थिति थप बलियो बन्दै गएको छ । भिजिट भिसा प्रकरणका कारण संसद लम्बेतान बन्न पुगेको छ भने, सत्ता र प्रतिपक्षी दल आमनेसामने बनेका छन् । यस्तो स्थितिमा संसद कहिलेदेखि सञ्चालन होला ? यो आम प्रश्न बनेको छ ।
धपक्कै बलेको अन्नपूर्ण हिमताल, पर्यटकको नजर अझै अपुग
बिहीबार, जेठ २२, २०८२
नेपालीमा एउटा उखान छ ‘माल पाएर पनि चाल नपाउनी’ । हो यही उखानलाई चरितार्थ पार्छ म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा रहेको अन्नपूर्ण हिमताल अर्थात पञ्चकुण्ड ताल । धार्मीक र पर्यटकीय हिसाबले प्रकृतिको वरदान यो ताल प्रचारप्रसार र प्रवद्र्धनको पर्खाइमा छ ।
कृषि रम्दै मकवानपुरका युवा, लोभलाग्दो बाख्रा पालन
बिहीबार, जेठ २२, २०८२
पहिले–पहिले कृषि पेशा प्रायः युवाको रोजाइमा खास पर्दैनथ्यो । पुख्र्यौली पेशाको रुपमा केहीले मात्रै यसलाई अगाल्दै आएको पाइन्थ्यो । तर पछिल्लो समय कृषि तथा पशुपालन युवाहरुको रोजाइको काम बन्दै गएको छ । देश विदेशमा विभिन्न काम गरेर थाकेपछि फर्कने थलो बनेको छ कृषि क्षेत्र ।
अब नेपाली नागरिकता क–कसलाई दिने ? कसरी गर्ने वास्तविकता जाँच ?
बिहीबार, जेठ २२, २०८२
नागरिकता प्रदानसम्बन्धि विवाद अहिलेपनि सुल्झेको छैन । लामो समयदेखि नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथिका छलफल एवम् चर्चा हुँदै आएका छन् । यद्दपी, सैद्धान्तिक पक्षमा अझै पनि एकमत हुन सकेको छैन । विधेयकमा खास नमिलेको कुरा के हो त ? अनि कसको मत के छ ?
लगानी भित्र्याउन जुट्यो सुदूरपश्चिम, धनगढीमा प्रि–समिट
बिहीबार, जेठ २२, २०८२
सुदूरपश्चिम प्रदेश सरकारले आगामी असोज १ र २ गते आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनको पूर्वतयारी स्वरूप प्रि–समिट आयोजना गरिएको छ । सुदूरपश्चिमको विकासका लागि आन्तरिक तथा बाह्य लगानी जुटाउने उद्देश्यले धनगढीमा लगानी सम्मेलन गर्न लागेको हो ।
५ दिने राजावादी प्रदर्शनको चिरफार, आन्दोलन तितिरवितरको खतरा, के पाए के गुमाए ?
बिहीबार, जेठ २२, २०८२
राजीनामा देऊ, राजीनामा नदेऊ !
बिहीबार, जेठ २२, २०८२
भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकमाथि लागेको आरोपले देशको संसद् नै ठप्प पारिदिएको छ । दुईतिहाइ बहुमतको बलमा बनेको बलियो भनिएको सरकारले संसद् चलाउन नसक्दा शासन प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ । प्रतिपक्षले मन्त्रीको राजीनामा, प्रधानमन्त्रीको स्पष्ट जवाफ र उच्चस्तरीय छानबिनको माग गर्दै संसद् अवरुद्ध पारेको छ । गृहमन्त्रीको...

