News 24 Television
मापसे गर्ने डुंगा चालक प्रहरीको फन्दामा 
मापसे गर्ने डुंगा चालक प्रहरीको फन्दामा  पोखराको फेवातालका डुङ्गाचालकले मापसे अर्थात् मादक पदार्थ सेवन गरे नगरेको जाँच गरिएको छ । आन्तरिक र बाह्य पर्यटकका संख्या बढ्दै गएको र हावाहुरीको मौसम सुरु भएका बेला प्रहरीले आकस्मिक रूपमा मापसे जाँच गरेको हो । हिउँदमा हावाहुरी लाग्ने र चालकको असावधानीका कारण दुर्घटना हुने गरेको छ । 
सडक बनेको १२ वर्ष, तर अझै छैन गाडी चलाउने स्थायी रुट 
सडक बनेको १२ वर्ष, तर अझै छैन गाडी चलाउने स्थायी रुट  विकट हिमाली जिल्ला मुगु राष्ट्रिय सडक सन्जालमा जोडिएको एक दशक भइसक्यो । तर यातायात कार्यालय जुम्लाले स्थाई रुट अनुमति नदिदा जुम्लाको गोठीज्यूलादेखी मुगुको सदरमुकाम गमगढीसम्म सन्चालन हुने साना तथा ठूला सवारी साधनहरु अस्थाई र पटके रुटमा जोखिम मोलेर गाडी चलाउन बाध्य छन । 
नेपालमा क्रिप्टो करेन्सी अवैध, कारोबार गरे हुन्छ कारबाही
नेपालमा क्रिप्टो करेन्सी अवैध, कारोबार गरे हुन्छ कारबाही क्रिप्टोकरेन्सी कारोबार नेपालमा गैह्रकानुनी छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले नै यसको कारोबार, माइनिङ्ग र प्रयोगमा पूर्ण बन्देज लगाएको छ । तरपनि लुकेर कारोबार गर्नेहरु सक्रिय छन् । क्रिप्टोकरेन्सीबाट नागरिक ठगिने, देशको पुँजी पलायन हुने जस्ता समस्या जोडिएकाले यसलाई राज्यले अवैधानिक भनेको छ ।
केबुलकार विवादले लियो नयाँ मोड, समर्थक पक्षले पनि थाले व्यापक प्रदर्शन !
केबुलकार विवादले लियो नयाँ मोड, समर्थक पक्षले पनि थाले व्यापक प्रदर्शन ! ताप्लेजुङस्थति पाथीभरामा केवुलकार निर्माण गर्ने वा नगर्ने भन्ने विवादका कारण कोशी प्रदेश नै आक्रान्त बन्दै आएको छ । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष समेत रहेका व्यावसायी चन्द्र ढकालको नेतृत्व रहेको पाथीभरा देवी मुकुम्लुङ केवुलकार दर्शन प्रालिले निर्माण गर्न लागेको केवुलकारको विरोध स्थानीय देखि मुलुकभरका पहिचान पक्षधरबाट चर्कै रुपमा भइरहेको छ...
राष्ट्रिय घर निर्माण फेस्ट २०८१ आयोजना हुदै !
राष्ट्रिय घर निर्माण फेस्ट २०८१ आयोजना हुदै ! नेपाल – स्किल सेवाले नेपालमा पहिलो पटक राष्ट्रिय घर निर्माण फेस्ट २०८१ (महोत्सव) आयोजना गर्न गइरहेको छ । नयाँ घर निर्माणका लागि आवश्यक सम्पूर्ण सेवाहरू एउटै छत मुनि समेटेर प्रदान गर्ने उदेश्यका साथ हुन गइरहेको यो महोत्सव निर्माण सम्बन्धी मापदण्ड तथा अत्याधुनिक प्रविधिको चर्चा गर्ने अभूतपूर्व अवसरको रुपमा प्रस्तुत भएको...
यातायात कार्यालयका २५ लाख फाइलको विद्युतीय अभिलेखन सुरू
यातायात कार्यालयका २५ लाख फाइलको विद्युतीय अभिलेखन सुरू यातायात व्यवस्था कार्यालय, गुर्जुधाराका कार्यालय प्रमुख नेत्रप्रसाद भट्टराईले भौतिक रुपमा प्रवाह भइरहेको सेवालाई विस्थापन गरी अनलाइनबाट सेवा प्रवाह गर्ने उद्देश्यले काम शुरु गरेको बताए । उनले विद्युतीय अभिलेख शुरु भएसँगै भौतिकरुपमा रहेका अभिलेखहरु हराउने, नष्ट हुने तथा सेवाग्राहीले लाइन लाग्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने बताए । २५ लाखको संख्यामा रहेको यातायातको...
चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्छ : बालेन
चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्छ : बालेन बालेनले विद्यार्थीको धेरै समय विद्यालयमा बित्ने गरेकाे भन्दै पढाई बाहेकका सृजनात्मक कार्यक्रममा समेत सहभागिता बढाउनुपर्ने बताए । उनले चित्रकलाले विद्यार्थीको लिडरसिप क्षमताको विकास गर्नेमा समेत सहयोग पुर्याउने बताए । उनले महानगरका प्रथम मेयर प्रेमलाल सिंहबारे विद्यार्थीहरुलाई सिकाउन जरुरी रहेको समेत बताए ।
Weather Update