News 24 Television
लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैन : लामिछाने
लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैन : लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्र जोगाउने जिम्मा जनताको भएको बताएका छन् । बिहीवार सुर्खेतमा आयोजित कार्यक्रममा उनले लोकतन्त्रको ठेक्का कुनै नेता वा दलले लिन नपर्ने बताएका हुन् । एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै लोकतन्त्रकाे खतरा हेलिकप्टरबाट भागेसँगै टरेर गएको बताए । उनले भागेको हेलिकप्टर फेरि...
निजी क्षेत्रको २ खर्ब लगानी जोखिममा
निजी क्षेत्रको २ खर्ब लगानी जोखिममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले विद्युत अनुमतिपत्रमा भएको झन्डै २ खर्ब रुपैयाँको लगानी जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले पीपीएमा देखिएको अन्योल र नीतिगत सुधारको अभावले ऊर्जा क्षेत्र धराशायी हुन सक्ने चेतावनी दिएका हुन् ।
कञ्चनपुरमा उम्मेदवार र मतदाताबीच सिधा सवाल–जवाफ, चुनावी एजेन्डामा प्रत्यक्ष संवाद
कञ्चनपुरमा उम्मेदवार र मतदाताबीच सिधा सवाल–जवाफ, चुनावी एजेन्डामा प्रत्यक्ष संवाद कञ्चनपुरका तीन वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवारहरुबीच प्रत्यक्ष संवाद (ककस) कार्यक्रम सम्पन्न भएको छ । महेन्द्रनगर जेसिज र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को संयुक्त आयोजनामा फागुन २१ को निर्वाचनको पूर्वसन्ध्यामा कार्यक्रम गरिएको हो ।
Weather Update