News 24 Television
लञ्च मिटिङदेखि ओलीसम्मः दुर्गा प्रसाई मुख्य अभियुक्त हुँदा रवीन्द्र र धवलमाथि के छ आरोप ?
लञ्च मिटिङदेखि ओलीसम्मः दुर्गा प्रसाई मुख्य अभियुक्त हुँदा रवीन्द्र र धवलमाथि के छ आरोप ? चैत्र १५ को गते तीनकुने प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । दुर्गा प्रसाई, रवीन्द्र मिश्र र धवलशमशेर जबरासहित सय बढिलाई मुद्दा चलाउने रायसहित प्रहरीले बुझाएको प्रतिवेदनले राजावादी प्रदर्शन, तीनकुने हिंसा र राजनीतिक दाउपेचका श्रृङ्खलालाई थप उजागर गर्ने स्थिति बन्न थालेको छ । 
युवा संघको महाधिवेशन शुरु, ओलीको सन्देश यस्तो !
युवा संघको महाधिवेशन शुरु, ओलीको सन्देश यस्तो ! एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशन पोखरामा शुरु भएको छ । आईतबारसम्म चल्ने महाधिवेशनको उद्घाटनमा सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १४ महिनापछि आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने घोषणा गरेका छन् ।  
चीन भ्रमणबाटै विद्यादेवीको नयाँ अध्याय पक्का ! भ्रमण दल कस्तो ?
चीन भ्रमणबाटै विद्यादेवीको नयाँ अध्याय पक्का ! भ्रमण दल कस्तो ? पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबार चीन भ्रमणमा निस्किदै छिन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा चीन जान लागेकी पूर्वराष्ट्रपति भण्डारीको भ्रमण दलमा सरकारका मन्त्री र एमाले विदेश विभाग प्रमुखको अर्थपूर्ण सहभागीताले अनेक प्रश्न उब्जाएको छ, भने पूर्वराष्ट्रपतिको हैसियतले हुन लागेको भ्रमणमा नेपाल सरकारको आर्थिक स्रोत परिचालन हुने खतरा समेत बढेको छ । 
गृहमन्त्री लेखक फेरि फसादमा, छिट्टै सबैको पर्दाफास हुँदै ! 
गृहमन्त्री लेखक फेरि फसादमा, छिट्टै सबैको पर्दाफास हुँदै !  मानव तस्करीका ठूला–ठूला सेटिङमा उच्च तहका राजनीतिक संलग्नता हुने गरेका आरोप छ्यापछ्याप लागिरहेका छन् । तर, यसको पुष्टी हुनै सक्दैन् । अध्यागमनमा हुने सेटिङबारेका खबरहरु यत्रतत्र हुँदा समेत आरोप लागेकाहरुको मनोबल नै उच्च हुनुले अनुसन्धान प्रक्रिया निष्पक्ष होला त ? शंका र चासो बढेको छ । 
विमानस्थलमा दोहोरिदै डरलाग्दा घटना ! नेतादेखि सबैको सेटिङ !
विमानस्थलमा दोहोरिदै डरलाग्दा घटना ! नेतादेखि सबैको सेटिङ ! त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रा गन्तव्य मात्र नभएर अपराधको केन्द्र बन्दै गएको छ । अध्यागमन, भन्सार, सुरक्षा निकाय र राजनीतिक संरक्षणको घनिष्ठ साँठगाँठले तस्करीलाई संस्थागत बनाएको छ । अध्यागमनमा भइरहेका मानव तस्करीका खेल, सुनदेखि लागुऔषध तस्करीका श्रृंखलाले विमानस्थल ‘गेटवे’ होइन ‘गेट–वे अफ क्राइम’ बन्दैछ । 
सम्पत्तिमा भित्रभित्रै यस्तो सेटिङ ! चोख्खिन–चोख्याउन अनेक हुंकार !
सम्पत्तिमा भित्रभित्रै यस्तो सेटिङ ! चोख्खिन–चोख्याउन अनेक हुंकार ! प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुका दिनहुँका भाषण सुशासन, विकास, समृद्धि र सुधारका हुंकारले भरिएका हुन्छन् । तर, भ्रष्टाचार नियन्त्रणदेखि सबै पक्षको सुव्यवस्थापनमा सक्रिय छौं भन्दै सरकार र सरकारमा रहेका दलहरुले दिने भाषणलाई मुलुकको लथालिङग अवस्थाले गिज्याई रहेको छ । 
पतञ्जली जग्गा प्रकरणको अनुसन्धान पुनः अख्तियारबाटै
पतञ्जली जग्गा प्रकरणको अनुसन्धान पुनः अख्तियारबाटै पतञ्जली आयुर्वेदको जग्गा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि संसदीय समितिले समेत अनुसन्धान ग¥यो । तर कुनै पनि अनुसन्धान कामयावी हुन सकेका छैनन् । अख्तियारपछि संसदको सार्वजनिक लेखा समितिले थालेको अनुसन्धानको प्रतिवेदन पुनः अख्तियारतिरै फिर्ता पठाइएको छ । 
Weather Update