सकारात्मक परिवर्तनको बाटो : नागरिकदेखि सरकारसम्म
मंगलबार, भदौ ३१, २०८२
यस वर्ष दशैँका लागि अग्रिम टिकट बुकिङ नखुल्ने
मंगलबार, भदौ ३१, २०८२
जेनजीको आन्दोलन पछि विश्वविद्यालय, कलेजहरु विदा हुने र उनीहरुको घर जाने क्रम शुरु भईसकेकाले यस वर्ष दशैँलाई लक्षित गरेर अग्रिम टिकट बुकिङको व्यवस्था नगर्ने निर्णयमा पुगिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । उनले दशैंका लागि घर जानेहरुले ३-४ दिन अगाडि नै बसको टिकट लिने व्यवस्था मिलाइएको...
शिवम् शिमेन्टद्वारा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सरसफाई
सोमबार, भदौ ३०, २०८२
हालैको जेन-जी आन्दाेलन पश्चात काठमाडौंमा भएको आगजनी तथा तोडफोडका कारण सिर्जना भएको असुविधा र अव्यवस्था व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाई कार्यक्रम सुरु गरेको छ ।
ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डा : ऊर्जामन्त्री घिसिङ
सोमबार, भदौ ३०, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जेनजीको नेतृत्वमा भएको ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु नै प्रमुख राष्ट्रिय एजेन्डा भएको बताएका छन् ।
आज सिंहदरबारमा ऊर्जा मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै उनले सार्वजनिक संरचनामा पुगेको क्षति यकिन गरी पुनःनिर्माणलाई तत्काल अघि बढाउने बताए । उनले पुनःनिर्माणका लागि सरकारी कोष खडा गर्ने...
खरानी खोस्रिएर शुरु गरियो अत्यावश्यक सेवा
सोमबार, भदौ ३०, २०८२
जेनजी आन्दोलनका नाममा भएको तोडफोड र आगजनीले क्षति पुगेका रुपन्देहीका धेरै कार्यालयहरुले पाल टाँगेर, पार्किङ र बैकल्पिक उपायहरु अपनाएर कार्यालय संचालन र सेवा दिन सुरु गरेका छन् । खासगरी सेवाग्राहीको बढी भीड हुने कार्यालयहरुले आइतबारदेखि नै सेवा सुचारु गरेका हुन् ।
