News 24 Television
‘राइड सेयरिङ’ सञ्चालन गर्ने गण्डकी सरकारको नियमावलीविरुद्ध यातायात व्यवसायी सडकमा
‘राइड सेयरिङ’ सञ्चालन गर्ने गण्डकी सरकारको नियमावलीविरुद्ध यातायात व्यवसायी सडकमा सार्वजनिक यातायात व्यवसायीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि आन्दोलन घोषणा गरेका व्यवसायीहरुले आईतवार माईतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन जारी राखेका हुन् ।
ओलीको दाबीः पृथ्वीपथले अघि बढ्न सकिन्न, प्रधानमन्त्री पनि झोले ?
ओलीको दाबीः पृथ्वीपथले अघि बढ्न सकिन्न, प्रधानमन्त्री पनि झोले ? पृथ्वीपथको वकालत गर्दै प्रजातन्त्रको पक्षमा बोलेका पुर्वराजा ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्री केपी ओलीले जवाफ फर्काएका छन् । पृथ्वीपथले काटमारबाहेक केहि नगर्ने जिकिर गरेका ओलीले मेलमिलाप र सहअस्थित्वको वकालत गरिरहेका छन् । यता, एमालेले पनि राष्ट्रिय शक्ति बन्ने दाबी गर्दै सबैखाले पर्हारलाई परास्त गर्ने भनिरहेको छ । 
राजावादी भित्रै फाटो छरपष्ट, नेतामाथि आन्दोलनको भारी भने चर्किदै ! 
राजावादी भित्रै फाटो छरपष्ट, नेतामाथि आन्दोलनको भारी भने चर्किदै !  काठमाडौंका सडकहरू फेरि एकपटक परिवर्तनको नारा बोकी गुञ्जिन थालेका छन् । राजसंस्थाको पुनःस्थापनाको माग गर्दै केही समूह तीन दिनदेखि राजधानीका प्रमुख चोकहरूमा ¥यालीका रूपमा उर्लिएका छन् । आन्दोलनको मागमा एकरूप देखिएपनि दुर्गा प्रसाईं र राप्रपाबीचको दूरीले भने राजावादीहरुबीच द्वन्द्व झन् चर्किएको छ । 
सरकार र गणतन्त्रपक्षधरलाई राप्रपाको उल्लीबिल्ली, प्रचण्ड थप आक्रामक
सरकार र गणतन्त्रपक्षधरलाई राप्रपाको उल्लीबिल्ली, प्रचण्ड थप आक्रामक राजावादी शक्ति, दल र समूह काठमाडौंमा राजसंस्था फर्काउने भन्दै आन्दोलनमा होमिएका छन् । गणतन्त्र दिवसको दिनदेखि आन्दोलन घोषणा गरेर सडकमा ओर्लिएका राजावादी शक्तिहरुले प्रदर्शन र चेतावनी दिदै गर्दा माओवादी केन्द्र आक्राम देखिन्छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजावादी प्रदर्शनलाई जम्मा पारेको पैसा खर्च गर्ने मेलोको रुपमा अथ्र्याएका छन् ।  राजा...
कुशको नक्कली राजा भन्दै ओलीको कटाक्ष, राजतन्त्रको हुंकार वेमौसमी !  
कुशको नक्कली राजा भन्दै ओलीको कटाक्ष, राजतन्त्रको हुंकार वेमौसमी !   गणतन्त्र १८ वर्षको हुँदा नहुँदै यसविरुद्ध प्रश्नहरु उठिरहेका छन् । तर, के गणतन्त्रमाथि प्रश्न गर्ने बेला भएको हो ? गणतन्त्रको विकल्प खोज्नुपर्ने बेला भएको हो ? यसबारेका विवेचना चलिरहेका छन् । यता, नेताहरुले गणतन्त्रमाथि प्रश्न उठाउने बेला नभएको जिकिर गरिरहेका छन्, उता केही व्यक्तिहरु अहिलेका शीर्ष नेताहरुले राजनीति छाडेकै दिनबाट...
बजेटमा आ–आफ्नै क्षेत्रको चिन्ता, लक्ष्य पूरा गर्ने अर्थमन्त्रीको प्रतिवद्धता 
बजेटमा आ–आफ्नै क्षेत्रको चिन्ता, लक्ष्य पूरा गर्ने अर्थमन्त्रीको प्रतिवद्धता  सरकारले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र यथार्थपरक देखिए पनि कार्यान्वयनमा भने चुनौतिपूर्ण रहेको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । यद्यपि बजेटप्रति निजी क्षेत्र भने आशातित देखिएको छ । लामो समयदेखि सरकारप्रति रुष्ट रहँदै आएका निर्माण ब्यवसायीहरु भने बजेटप्रति पनि निराश छन् । आगामी वर्षको बजेटमा विभिन्न पक्षले कसरी...
Weather Update