जलश्रोत विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित
शुक्रबार, साउन २३, २०८२
विश्वविद्यालयहरूले १० वर्षदेखि लेखापरीक्षण गरेनन् : राया
शुक्रबार, साउन २३, २०८२
महालेखा परीक्षक तोयम रायाले विश्व विद्यालयहरुले ८/१० वर्षदेखि लेखापरीक्षण नगरेको बताएका छन् ।
शुक्रवार सार्वजनिक लेखा समितिको बैठकमा महालेखा परीक्षक रायाले आगामी दिनमा विश्व विद्यालयसहित सबै इकाइहरुको अडिटलाई प्राथमिकतामा राख्ने बताए ।
उनका अनुसार लामोसमयदेखि रहेको त्यस्तो अवस्थालाई हटाउँदै दुई, चार वटा बाहेक अहिले प्रायःको लेखा परीक्षण गरिएको बताए ।
पोखराका तालमा महानगरको नयाँ प्रयास, सफाई जिम्मा लक्ष्मी ग्रुपलाई
शुक्रबार, साउन २३, २०८२
पोखराका तालहरू जोगाउनु र सरसफाई गर्नु साझा चुनौतीको विषय बनेको छ । यिनै समस्याका बाबजुद पोखराका तालहरूको संरक्षण र सरसफाईका लागि पोखरा महानगरपालिका र व्यवसायी घराना लक्ष्मी ग्रुप बीच समझदारी भएको छ । समझदारी अनुसार अबको पाँच वर्ष लक्ष्मी ग्रुपले आफ्नै लगानीमा सिर्जना तालको सरसफाई तथा रोजगारी सिर्जना गर्नेछ ।
मधेसका जिल्लाहरु तस्करीको मुख्य मार्ग
शुक्रबार, साउन २३, २०८२
भारतसँगको खुल्ला सिमा भएका कारण नाकाबाट तस्करी हुने कुरा सामान्य जस्तै बनेको छ । अझ मधेस प्रदेशसको सीमानाकामा त तस्करीहरु नै प्रहरीमाथि आक्रमणमा उत्रिने गरेका घटनाहरु पनि भएका छन् । सुरक्षाकर्मीले नियमित सिमावर्ती क्षेत्रमा निगरानी राखेको दाबी गर्दै आए पनि तस्करी हुने कार्यमा वृद्धि हुँदै गएको छ ।
सहकारीमा डुबेको करोडौं रकम उठ्ने, वचतकर्ता खुशी
शुक्रबार, साउन २३, २०८२
हुलाक वचत बैंकबाट अपचलन भएको रकम वचतकर्ताले फिर्ता पाउने भएका छन् । त्यहाँका कर्मचारी सुनिल दासले सयौँ वचतकर्ताको रकम अपचलन गरेका थिए । अब भने ७४६ जना वचतकर्ताले वचत रकम फिर्ता पाउने भएका छन् ।
नेपाली क्रिकेट टोलीद्वारा खेलकुद विज्ञान अनुसन्धान केन्द्रमा परीक्षण, प्रदर्शन सुधार हुने अपेक्षा
बिहीबार, साउन २२, २०८२
खेलकुद विज्ञान अनुसान्धन केन्द्रका प्रमुख लक्ष्मण अधिकारीले हालसम्म ६५ खेलाडी लाभान्वित भएको बताए । पछिल्लो समय विभिन्न खेलका राष्ट्रिय टोलीका खेलाडीहरू लाभान्वित भइरहेका छन् । बिहीवार नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूले पनि उक्त अनुसन्धान केन्द्रमा परीक्षण गराएका थिए । नेपाली टोलीका अलराउण्डर नन्दन यादवले मसल्सको कमजोर र मजबुत पक्ष जानकारी...
दुई दलले समर्थन फिर्ता लिँदा पनि ओलीले लिएनन् विश्वासको मत, के भन्छन् विज्ञ ?
बिहीबार, साउन २२, २०८२


