News 24 Television
भोटेकोशी गाउँपालिकामा तोडफोड : सेयर विवादले चर्कायो तनाव
भोटेकोशी गाउँपालिकामा तोडफोड : सेयर विवादले चर्कायो तनाव माथिल्लो भोटेकोशी पावर कम्पनीले स्थानीयलाई सेयर नदिएको विषय चर्किँदै जाँदा भोटेकोशी गाउँपालिकामा सोमबार तोडफोड भएको छ । एक सातादेखि बन्द भएको पावरहाउस सञ्चालन गर्न कम्पनी र पालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा सहित जनप्रतिनिधिसँग छलफल चलिरहेका बेला आन्दोलनरत स्थानीयलाई बेवास्ता गर्दै बैठक गरिएको थाहा पाएपछि माहोल भड्किएको हो ।
Weather Update