News 24 Television
राजनीतिक समीकरणमा हराए राजावादी, नेतृत्वको कमजोरीले आन्दोलन फुस !
राजनीतिक समीकरणमा हराए राजावादी, नेतृत्वको कमजोरीले आन्दोलन फुस ! पछिल्लो समय मुलुकमा राजतन्त्र फर्किनुपर्ने मागसहित उठेको राजाबादी आन्दोलन एकाएक सेलाएको छ। सडक तताउने तेवरका साथ सुरू भएको आन्दोलन अहिले न ध्वनि छ, न दृश्य। यसको पछाडि नेतृत्वमा देखिएको कमजोरी, आपसी फुट, एकताको अभाव र सत्तासीन तीन प्रमुख दलहरूको गहिरो रणनीति रहेको विश्लेषण गरिँदैछ।
रास्वपाको प्रश्नमा एमालेको च्यालेन्जः होला स्पेनमा लुक्नेहरुको नाम सार्वजनिक ?
रास्वपाको प्रश्नमा एमालेको च्यालेन्जः होला स्पेनमा लुक्नेहरुको नाम सार्वजनिक ? प्रधानमन्त्री केपी ओली स्पेन भ्रमणबाट फर्किसकेका छन् । संसदमा ओलीले स्पेन भ्रमणको औपचारिक जानकारी नै दिएपनि स्पेन भ्रमणमा झेल भएको आरोप लागेको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको स्पेन भ्रमणमा केहि मानिसलाई लिएर उतै छाडेर आएको गम्भीर आरोप लगाएपछि संसदमा यो विषयमा तनावको स्थिति बनेको छ ।
ओलीलाई देउवाको काँध कहिलेसम्म ? झनक्क देउवा रिसाएपछि...
ओलीलाई देउवाको काँध कहिलेसम्म ? झनक्क देउवा रिसाएपछि... सत्तारुढ दल कांग्रेसले सरकार के होला भन्ने अन्योलतामाथि विमर्श गर्दै विभिन्न सुझाव दिने निण्र्नय गरेको छ । केन्द्रीय समिति बैठकमा सरकारमाथिका विभिन्न प्रश्न उठेपछि यसबारे उपर्युक्त निर्णय लिइने गरि अघि बढ्ने भनिएको छ । तर, कांग्रेसमा किन सरकारको गति, कार्यशैली र रफ्तारमाथिका प्रश्न जब्बर बन्न पुगे ? 
विपद्को जोखिम खतराको बिन्दुमाथिः खोई सरकारी तयारी ?
विपद्को जोखिम खतराको बिन्दुमाथिः खोई सरकारी तयारी ? जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यो वर्ष देशभर सरदरभन्दा अत्यधिक वर्षाको सम्भावना छ । बाढी, पहिरो, डुबान, चट्याङ, जमिन कटानजस्ता मनसुनजन्य विपद्बाट ४ लाख बढी घरधुरी जोखिममा छन् । विगतको भयानक तथ्यांक, राज्यको कमजोर पूर्वतयारी र यस वर्षको असामान्य वर्षा सम्भावनाले गम्भीर मानवीय संकटतर्फ उन्मुख भएको स्पष्ट संकेत दिइरहेको...
असन्तुष्टिकैबीच बहुमतले पास भयो बाग्मतीको बजेट
असन्तुष्टिकैबीच बहुमतले पास भयो बाग्मतीको बजेट बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२\८३ को लागि ल्याएको बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ । अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक २०८१ बहुमतले पारित गरेको हो । बजेट सदनमा प्रस्तुत भएदेखि नै विवादित बनेको बागमतीको बजेट सांसदहरुको असन्तुष्टीकै बीच बहुमतले पारित गरेको हो...
Weather Update