सीमानाकामा तस्करको रजगज, पत्रकारलाई त्रासदी
शुक्रबार, वैशाख १२, २०८२

विदेशमा बसेका नेपालीको सहयोगमा क्यान्सर अस्पताल निर्माण शुरु
बिहीबार, वैशाख ११, २०८२
पश्चिम नेपालमै रुपन्देहीको मायादेवी गाउँपालिका–६, बेथरीमा निजी क्षेत्रबाट पहिलोपटक सुविधा सम्पन्न क्यान्सर अस्पताल निर्माण शुरु भएको छ । भैरहवाका साथै अमेरिका र युरोपका विभिन्न मुलुकमा बस्दै आएका नेपालीहरुको लगानीमा सुमित्रा मेमोरियल क्यान्सर अस्पताल निर्माण थालिएको हो ।

हेर्दाहेर्दै ७ करोड स्वाह ! उद्योगीहरु डामाडोल !
सोमबार, वैशाख ८, २०८२
गत हप्ता तीनदिनसम्म परेको अविरल वर्षाले रुपन्देहीमा सात करोडभन्दाबढी रुपैयाँ बराबरका काँचो इँट्टा नष्ट भएका छन् । वर्षाले दुईदर्जन बढी इँट्टा उद्योगमा पकाउनका लागि तयार पारिएको काँचो इँट्टा नष्ट भएको हो ।

यस्तो डरलाग्दो आत्महत्या ! सरकारको ध्यान कता ?
बिहीबार, चैत ७, २०८१
साधारणतया मानिसको सोंच सधैं एकनास हुँदैन । त्यसैले हरेक क्षण र परिस्थिति अनुसार फरक–फरक सोचाई आउनछ । सोच कुनै सकारात्मक हुन्छन्, त केही नकारात्मक । नकारात्मकता बढ्दै गयो र त्यसैको शिकार भयो भने मानिसले आत्महत्या गर्ने सम्भावना अधिक हुन्छ । व्यक्तिगत जीवनसँगै समाजिक मूल्य मान्यता, संस्कारले थिचिँदा पनि मानिसलाई आत्महत्याको...

प्रधानमन्त्री कपका लागि लुम्बिनीका तीन उत्कृष्ट क्रिकेट मैदान
शुक्रबार, फागुन २३, २०८१
प्रधानमन्त्री कपका लागि लुम्बिनीका तीन उत्कृष्ट क्रिकेट मैदान

लुम्बिनीमा ५ सय जना श्रामणेर प्रवज्यामा, १० नियम पालना गर्नुपर्ने
बुधबार, फागुन २१, २०८१
बुद्ध जन्मस्थल लुम्बिनीमा ५ सय जना श्रामणेरको अल्पकालिन भिक्षु प्रबज्या कार्यक्रम गरिएको छ । मायादेवी मन्दिर परिसरमा ५ सय जनालाई बौद्ध धर्मगुरुहरुबाट पहेंलो चिवर प्रदान गरि प्रवज्यामा सहभागी गराइएको हो ।

विनोदको रहरमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला, के हुँदैछ त्यहाँ ?
सोमबार, फागुन १९, २०८१
अष्ट्रेलिया बस्दै आएका गुल्मीका विनोदले एकल लगानीमा तिलोत्तमामा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाइरहेका छन् । विनोदले एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको ब्राण्ड एम्बेसडर १९ वर्ष मुनिको नेपाली महिला क्रिकेट टोलीको कप्तान पूजा महतो र महिला राष्ट्रिय टोलीकी सदस्य कविता कुंवरलाई नियुक्त दिदै क्रिकेट क्षेत्रमा नयाँ काम गर्न खोजेका छन् ।

३८ करोडमा बन्ने रंगशालाको लागत ढिलासुस्तीले दोब्बर
शनिबार, फागुन १७, २०८१
भैरहवाको क्रिकेट मैदानको स्थलगत अवलोकनमा पुगेको संसदीय समितिका सदस्यहरुले मैदान निर्माणको कामलाई अलपत्र पार्न नहुने बताएका छन् । क्रिकेटले पछिल्लो समय राम्रो नतिजा दिइरहेको र मुलुकलाई अन्तर्राष्ट्रिय जगत्मा समेत चिनाइरहेको जनाउँदै उनीहरुले अलपत्र क्रिकेट मैदानलाई बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शिक्षकको चालले भविष्य बेहाल !
शुक्रबार, फागुन १६, २०८१
रुपन्देहीको भैरहवास्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसको परीक्षा अनिश्चित बनेको छ । भेटेरिनरी प्राध्यापाकहरुको पेनडाउन सहितको विरोधका कारण परीक्षा प्रभावित भएको हो ।

प्रकृतीको अन्त्येष्टिपपछि न्यायका लागि भैरहवामा प्रदर्शन
शनिबार, फागुन १०, २०८१
भारतमा मृत्यु भएकी भैरहवाकी विद्यार्थी प्रकृति लम्साललाई न्याय दिनुपर्ने मागसहित भैरहवामा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको छ । शुक्रबार सिद्धार्थ संजाल, रुपन्देहीको आह्वानमा ¥यालीसहित प्रदर्शन गरी रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ ।

रुपन्देहीमा उच्चस्तरहको क्रिकेट प्रशिक्षण, क्रिकेटमा भविष्य खोज्ने उत्साहित
बुधबार, माघ १६, २०८१
पछिल्ला केही दशकयता नेपालमा क्रिकेट लोकप्रिय छ । त्यसैले पनि धेरैले आफ्ना छोराछोरीलाई क्रिकेट खेल्न प्रोत्साहन गरिरहेका छन् । तर, धेरै ठाउँ क्रिकेट मैदान र एकेडेमीको अभाव छ । जसले गर्दा चाहेर पनि बालबालिकालाई परिवारले क्रिकेटमा अगाडि बढाउन सकेका छैनन् । तर, रुपन्देही यस्तो जिल्ला हो, जहाँ एकेडेमीमा सिक्दै, राष्ट्रियस्तरको...

जहाजका लागि नयाँ सिस्टम ! अब आकाशमै रुमलिनु नपर्ने
शुक्रबार, माघ ११, २०८१
जहाज उडान–अवतरणका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर प्रणाली लागू गरिएको छ । विमानस्थलमा बिहीबारदेखि यो प्रविधि लागू गरिएको हो ।

भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव सुरु
शुक्रबार, मंसिर २१, २०८१
रुपन्देहीको भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सुरु भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवास्थित अञ्चलपुरमा महोत्सव सुरु भएको हो ।

लुम्बिनी महोत्सव : ३ सय स्टलमा ४० जिल्लाका उत्पादन
बिहीबार, मंसिर २०, २०८१
नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ को तयारी पूरा भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा मंसिर २० गते बिहीबारदेखि पुस १ सम्म भैरहवास्थित अंचलपुरमा महोत्सव संचालन हुँदैछ ।

लुम्बिनी विश्वविद्यालयबाट २८९ दीक्षित, बुद्ध धर्मको प्रचारक बन्न प्रधानमन्त्रीको आग्रह
शनिबार, मंसिर १५, २०८१
लुम्बिनी बौद्ध विश्व विद्यालयबाट २८९ जना विद्यार्थी दीक्षित भएका छन् । शुक्रबार बुद्ध जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित तेस्रो विशेष दीक्षान्त समारोहमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तहका गरी २८९ जना विद्यार्थीहरु दीक्षित भएका हुन् । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई दीक्षित गरेका हुन् ।

लुम्बिनीमा भव्य मेला ! घुम्न विशेष प्याकेज !
सोमबार, कात्तिक २६, २०८१
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा आउँदो मंसिर २० गतेदेखि भैरहवामा ‘नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१’ हुने भएको छ ।

‘वीपी कोइराला स्मृति कप टी–२०’ क्रिकेट : भारतको लाइफ केयर क्रिकेट क्लब र नेपालको नेक्सस रुपन्देही–११ फाइनलमा
शनिबार, कात्तिक १०, २०८१
‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा भारतको लाइफ केयर क्रिकेट क्लब र नेपालको नेक्सस रुपन्देही–११ फाइनलमा प्रवेश गरेका छन् ।

‘वीपी कोइराला स्मृति कप टी–२०’अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेटको सेमिफाइनल समिकरण पूरा
बिहीबार, कात्तिक ८, २०८१
भैरहवामा जारी ‘वीपी कोइराला स्मृति कप टी–२०’अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ ।

कालीदहमा शुरु भयो एकीकृत जाँच विन्दु, भारतीय पर्यटक बढ्ने अपेक्षा
बिहीबार, भदौ २७, २०८१
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित कालीदह नाकामा सवारीसहित नेपाल भित्रिने पर्यटक लक्षित एकीकृत जाँच बिन्दु संचालनमा ल्याइएको छ ।

नयाँ जीवन पाएर फर्किए रामआशिष
मंगलबार, भदौ ११, २०८१
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पहल र उद्योगी व्यवसायीको आर्थिक सहयोगमा ‘ब्लडमनी’मा सहमति भएपछि मृत्युदण्डबाट जोगिएका धनुषाका रामआषिश यादव घर फर्किएका छन् ।

भारतीय युवतीको जग्गा हडप्ने कर्तुत यसरी भयो सार्वजनिक
आइतबार, भदौ ९, २०८१
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ का दिवंगत निःसन्तान दम्पत्ती सुखु मल्लाह र कवुतरी मल्लाहको सम्पत्ति भारतीय नागरिकका छोरीहरु रिखीदेवी मल्लाह अग्रवाल र मालती मल्लाहिनले हत्याउने प्रयास गरेको बाहिरिएको छ । सिद्धार्थनगर–८ मा विवाह गरेकी रिखीदेवी र मायादेवी–३ मा विवाह गरेकी मालतीले सिद्धार्थनगरमा रहेको करिब २५ धुरमा बनेका ४ वटा घर तथा सियारी...
रुपन्देहीमा माछापालन बढ्यो, उत्पादन बढाउन प्रो–बायोटिक
शुक्रबार, साउन ३२, २०८१
रुपन्देही मत्स्य उत्पादनको हब हो । माछा उत्पादन राम्रो भइरहे पनि यसको मृत्युदरले किसानले बेलाबखत ठूलो क्षति व्यहोरिरहेका छन् । यसैले पछिल्लो समय यहाँका मत्स्य पालक किसानहरुले माछाको मृत्युदर कम हुने र उत्पादन राम्रो भएपछि प्रो–बायोटिकको प्रयोग गर्न थालेका छन् ।

देशकै उत्कृष्ट बन्यो रुपन्देही सिडियो कार्यालय
बिहीबार, साउन २४, २०८१
गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्याकंनमा जिल्ला प्रशासन कार्यालय, रुपन्देही मुलुकमै उत्कृष्ट भएको छ । नागरिकलाई सहज र सरलीकृत सेवाप्रवाहसँगै मन्त्रालयले तोकेका मापदण्ड पूरा गरेपछि प्रशासनलाई मुलुककै उत्कृष्ट छनोट गरिएको हो ।

पारिश्रमिक र पुर्नवहालीको माग गर्दै मजदुरहरु धर्नामा
सोमबार, साउन २१, २०८१
रुपन्देहीमा सञ्चालित टाइगर प्यालेस रिसोर्ट र त्यहाँ संचालित क्यासिनो एकपछि अर्को विवादमा पर्दै गएको छ ।

लुम्बिनीमा पहिलो पटक सम्बद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन
सोमबार, असार २४, २०८१
लुम्बिनी प्रदेशमा वन क्षेत्रबाट प्रशस्त आम्दानी गर्न सकिने आधार छन् । त्यसैले आगामी आर्थिक वर्षको बजेटमा सरकारले वनबाटै सबैभन्दा बढी राजस्व आम्दानी गर्ने लक्ष्य राखेको छ । पूराना रुख कटान गरेर राजस्व बृद्धि गर्ने र नयाँ वृक्षारोपणलाई प्राथमिकता राख्ने सरकारी लक्ष्य छ ।

मुख्यमन्त्रीसहित भारतीय राजदूतले गरे लुम्बिनीमा योगाभ्यास
शुक्रबार, असार ७, २०८१
बुद्धजन्मस्थल लुम्बिनीमा विहीवार नै योग दिवस मनाइएको छ । १० औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा योगभ्यास गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो । हरेक वर्ष जुन २१ गते योग दिवस मनाइन्छ ।

संघ र प्रदेशको बजेटले बोलेन गौतमबुद्ध विमानस्थलको समस्या
बिहीबार, असार ६, २०८१
संघीय संसदमा अर्थमन्त्री वर्षमान पुन र लुम्बिनी प्रदेशसभामा आर्थिक मामिलामन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा मुलुककै दोस्रो ठूलो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका बारेका एक शब्द उच्चारण गरेनन् ।

बालीमा बीमामा सरकार उदाश, कम्पनी बीमा गर्नै नमान्ने
शनिबार, असार १, २०८१
कुनै पनि विपत्तिबाट हुने क्षतिमा किसानलाई राहत मिलोस् भनेर सरकारले कृषि बीमा योजना ल्याएको छ । तर, पशुजन्य वस्तुको बीमा भएपनि बालीजन्य बस्तुतर्फ भने कार्यान्वयन पक्ष एकदमै फितलो भएका कारण किसानले हैरानी खेपिरहेका छन् ।

अस्पतालको एउटै कक्ष बनाउन ५ करोड हिनामिना !
बिहीबार, जेठ २४, २०८१
रुपन्देहीको भैरहवामा नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको आँखा अस्पतालको शल्यक्रिया कक्षको भवन निर्माणको ठेक्का प्रक्रिया विवादमा परेको छ । टेण्डर दर्ता गरेका दर्जन कम्पनीलाई पन्छ्याएर मिलेमतोमा आफू निकटका व्यवसायीलाई ठेक्का दिन लागिएको आरोप लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीले लगाएको छ ।
साताको लोकप्रीय