जनमतको लहर : पुराना संरचना बगाउँदै नयाँ राजनीतिक युगको संकेत
बुधबार, चैत ११, २०८२
फोहोरको पीडाबाट सत्ताको शिखरसम्म : बालेनलाई बन्चरेडाँडाको प्रश्न !
शुक्रबार, फागुन २९, २०८२
काठमाडौँलाई सफा राख्न आफ्नो गाउँ, पानी र हावा प्रदूषण सहँदै आएका उनीहरूले वर्षौंदेखि दुर्गन्ध, रोगको जोखिम र संघर्ष मात्रै भोगिरहेका छन्। आज बालेन शाह राष्ट्रिय राजनीतिमा उक्लिँदै छन्। यदि साँच्चै जनताले उनलाई प्रधानमन्त्री बन्ने जनादेश दिएका छन् भने बन्चरेडाँडाका बासिन्दाले एउटा मात्र अपेक्षा गरेका छन्- अब त पन्छिन नमिल्ला नि...
फागुन २१ को जनादेश : मौन विद्रोहको गुञ्जन
शुक्रबार, फागुन २२, २०८२
कहिलेकाहीँ इतिहास ठूलो आन्दोलनले होइन, मौन तर शक्तिशाली निर्णयले लेखिन्छ। फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचन त्यस्तै एउटा क्षण बनेको छ, जहाँ नेपाली जनताले आफ्नो असन्तुष्टि र आशालाई एउटै मतपेटिकाभित्र राखेर अभिव्यक्त गरेका छन्।
नुवाकोटमा कांग्रेसको जित अपरिहार्य : विकास र समृद्धिका लागि जनताको स्पष्ट सन्देश
शुक्रबार, फागुन १, २०८२
नुवाकोट जिल्लाको समग्र विकास, अधुरा पूर्वाधार सम्पन्नता तथा जिल्लालाई देशकै नमुना जिल्लाको रूपमा स्थापित गर्न आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको दुबै क्षेत्रमा जित अत्यावश्यक रहेको स्थानीयवासीहरूको निष्कर्ष रहेको छ।
नुवाकोट क्षेत्र नं. २ मा जगदीश्वर नर्सिङ केसीको बलियो जनलहर
मंगलबार, माघ २७, २०८२
नुवाकोट जिल्लाको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि युवा नेता तथा पूर्व सभापति जगदीश्वर नर्सिङ केसी चुनावी मैदानमा उत्रिएका छन्। राजनीतिमा जीवनको ठूलो हिस्सा समर्पण गरेका नेता केसी केवल एक राजनीतिक व्यक्तित्व मात्र होइनन्, नुवाकोटे जनताका लागि परिवारकै सदस्यजस्तै आत्मीय बनेका छन्।
नुवाकोट–१ मा विकासको मुद्दासहित मैदानमा डा. प्रकाशशरण महत
आइतबार, माघ २५, २०८२
देशभर गाउँ–शहरका टोलबस्ती, चिया चौतारी, बजार क्षेत्र तथा सार्वजनिक स्थलहरू चुनावी बहसका केन्द्र बनेका छन्। मतदाताहरू निकै चासोका साथ उम्मेदवारको विगत, कार्यक्षमता, प्रतिबद्धता तथा भविष्यका योजनाबारे प्रश्न गरिरहेका छन्।
यसै सन्दर्भमा नुवाकोट जिल्लाको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महत चुनावी मैदानमा उत्रिनुभएको छ। नुवाकोटका जनताले उहाँलाई...
युवा आशा र यथार्थको कसीमा बालेन शाह : परिवर्तनको प्रतीक कि दूरीको राजनीति ?
सोमबार, माघ १२, २०८२
देश यतिखेर पूर्ण रूपमा राजनीतिकमय बनेको छ। सबै राजनीतिक दलहरू चुनावी मैदानमा उत्रिएका छन् र मतदातासँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आफ्नो पक्षमा भोट मागिरहेका छन्। पुराना स्थापित दल र नयाँ उदाएका दलहरूबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ। यस क्रममा नेताहरू मतदातालाई आफ्नो पक्षमा पार्न गाउँ–सहर दौडधुपमा व्यस्त देखिन्छन्।
नेपाली कांग्रेस विधानको कसीमा : म्याद थप, महाधिवेशन र नेतृत्व वैधताको गम्भीर संकट
बिहीबार, पुस २४, २०८२
अब संसद पुनःस्थापना कि निर्वाचन ?
मंगलबार, पुस १५, २०८२
बदलिँदो राजनीतिक धरातलमा नयाँ ध्रुवीकरण नेपालको राजनीति फेरि एकपटक निर्णायक मोडमा पुगेको छ। प्रतिनिधिसभा विघटनपछिको अन्योल, सरकारको वैधतामाथि उठेका प्रश्न, अदालतमा विचाराधीन मुद्दा र अनिश्चित निर्वाचन कार्यतालिकाबीच देश ‘पुनःस्थापना कि आमनिर्वाचन?’ भन्ने पुरानै तर अझै अनुत्तरित बहसमा अल्झिएको छ। तर, आजको सन्दर्भमा यो बहस केवल संवैधानिक विकल्पमा सीमित छैन, यसले...
जेन–जी विद्रोहपछिको भद्रगोल : पुराना दल खुम्चिँदै, नयाँ विकल्पको बाटो अझै अस्पष्ट
शुक्रबार, मंसिर २६, २०८२
देश पछिल्ला महिनादेखि ‘जेन–जी विद्रोह’को प्रभाव र त्यसले निम्त्याएको राजनीतिक–सामाजिक भूकम्पबाट सतर्क बनेको छ। भद्रगोल र अन्योलपूर्ण परिस्थितिमा उठेको यो विद्रोहले शासन, नीति निर्माण र राजनीतिक चरित्रलाई नयाँ मोड त दियो, तर अहिले त्यही मोड दिशाविहीन देखिन थालेको विशेषज्ञहरूको टिप्पणी छ।
जेन्जी आन्दोलनपछि हल्लिएको नेपाली राजनीति, पुराना दलको अस्तित्व संकटमा
आइतबार, कात्तिक २३, २०८२
न्जी आन्दोलनपछि नेपालको राजनीतिक मैदानमा अभूतपूर्व हलचल देखिएको छ। दशकौँदेखि शासन गर्दै आएका ठूला दलहरूको निन्द्रा हराम भएको छ । सत्ताको सिँढीमा लगातार उक्लिरहेका दलहरू अहिले अस्तित्व जोगाउने संघर्षमा छन् ।
विश्लेषकहरू भन्छन्— “देशको राजनीतिक इतिहासमा २०६२/६३ को जनआन्दोलनपछि पहिलो पटक युवा पुस्ताले पुराना दलहरूलाई यति गहिरो चुनौती दिएको हो।”
अर्जुननरसिंह केसी भन्छन् : पार्टीभित्र रुपान्तरण नभए इतिहासमै हराउने खतरा
शुक्रबार, असोज २४, २०८२
नेपाली कांग्रेसका बरिष्ठ नेता अर्जुननरसिंह केसी अहिलेको नेपाली राजनीतिक परिवेशमा एक दूरदृष्टि सम्पन्न, साहसी र निडर नेताको रूपमा चिनिँदै आएका छन्। पार्टीभित्र मौलाउँदै गएको भ्रष्टाचार, दण्डहीनता र गुटबन्दी राजनीतिविरुद्ध खुलेर बोल्दै आएका केसी, आज जनतामाझ ‘सत्य बोल्ने नेता’ का रूपमा परिचित छन्।
नेता केसीले पछिल्ला वर्षहरूमा पार्टीभित्रैबाट आवाज उठाउँदै नेतृत्वलाई...
जेन-जी विद्रोहले पुरानो नेतृत्वलाई चुनौती, कांग्रेसभित्र पुस्तान्तरणको माग चुलियो
आइतबार, असोज १२, २०८२
कांग्रेसभित्र अब पुरानो शैलीका कोटा, गुट र भागबन्डाले पार्टी चलाउन नसक्ने कार्यकर्ताहरूको अडान छ। त्यसैले उम्मेदवार छनोट प्रक्रियामा आमूल सुधार गर्दै प्राइमरी निर्वाचन प्रणाली लागू गर्नुपर्ने माग उठेको छ।
कार्यकर्ताहरू भन्छन्– “जनताले अब भ्रष्टाचारमा मुछिएका वा विवादित अनुहारहरू होइन, स्वच्छ छवि भएका नयाँ पुस्ताका नेताहरूलाई मात्र स्वीकार्छन्।”
सरकार ढल्ने प्रचण्डको दाबी फेल, २०८४ सम्मै जाने प्रधानमन्त्रीको दाबी
मंगलबार, भदौ ३, २०८२
प्रचण्डले बारम्बार दिएको सरकार ढल्ने अभिव्यक्ति पार्टीभित्रै पनि विवादको विषय बन्यो । महासचिव देव गुरुङले “सरकार फेर्ने विषयमा कुनै छलफल भएको छैन” भनेर स्पष्ट पारिदिए । उपमहासचिव वर्षमान पुनले समेत कांग्रेसले सरकार बनाए माओवादीसँगै रहने धारणा राखे । उपाध्यक्ष नारायणकाजी श्रेष्ठले त प्रचण्डको ‘सरकार ढल्छ’ भन्ने रटानलाई नै नपसन्द गरेका...
ओली सरकारको एक वर्ष : भ्रष्टाचारमा मौन, प्रतिशोधमा सक्रिय
बुधबार, साउन १४, २०८२
यस अवधिमा सरकारमा रहेका मन्त्रीहरू अनेकौं भ्रष्टाचार काण्डमा मुछिए । गृहमन्त्री स्वयं संलग्न रहेको भिजिट भिसा काण्ड, मानव तस्करीसँगै जोडिएको प्रधानमन्त्रीको स्पेन भ्रमण, भूमिमन्त्री र सामान्य प्रशासन मन्त्रीसँग जोडिएको आर्थिक लेनदेन प्रकरण र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको बिचौलियासँगको स्वार्थपरक मोबाइल सम्वाद आदि प्रतिनिधि काण्डहरू हुन् ।
काङ्ग्रेसभित्र आन्तरिक सङ्घर्ष र सत्ता समीकरण : शेखर सक्रिय हुँदा गगनको मौनता
बुधबार, साउन ७, २०८२
नेपाली काङ्ग्रेस पार्टीको आन्तरिक जीवनमा यतिबेला गहिरो तरङ्ग देखिएको छ । एकातिर सरकारमा रहेका आफ्नै मन्त्रीहरूमाथि भ्रष्टाचार र अनियमितताका प्रमाणसहितका काण्डहरू सार्वजनिक भइरहेका छन् भने अर्कोतिर पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माहरू भने अपेक्षाविपरीत रहस्यमय ढङ्गले मौन देखिएका छन् ।
गणतन्त्रको मन्दिर कि भ्रष्टाचारको अखडा ?
बुधबार, असार ३२, २०८२
रात–दिन केही नभनी काममा जुट्नु पर्ने बेलामा नेतृत्व व्यङ्ग्य–विनोदमा रमेको छ, आत्मकेन्द्री भएकाे छ र आत्म–प्रशंसालाई राजनीतिक सफलता ठानेको छ । यस्तो मानसिक दरिद्रता भएका नेता देखेर कुन युवा नेपालमा बस्न रुचाउँछ ?
राजनीतिक समीकरणमा हराए राजावादी, नेतृत्वको कमजोरीले आन्दोलन फुस !
बुधबार, असार २५, २०८२
पछिल्लो समय मुलुकमा राजतन्त्र फर्किनुपर्ने मागसहित उठेको राजाबादी आन्दोलन एकाएक सेलाएको छ। सडक तताउने तेवरका साथ सुरू भएको आन्दोलन अहिले न ध्वनि छ, न दृश्य। यसको पछाडि नेतृत्वमा देखिएको कमजोरी, आपसी फुट, एकताको अभाव र सत्तासीन तीन प्रमुख दलहरूको गहिरो रणनीति रहेको विश्लेषण गरिँदैछ।
सत्ताको सौदाबाजी र मौन नेतृत्व : लोकतन्त्र संकटमा कि सौदामा ?
शुक्रबार, असार ६, २०८२
केही समयअघि सार्वजनिक भएको कुलमान घिसिङ–टीआरसी विधेयक साटासाटको चर्चा अहिले अर्को अध्यायमा पुगेको छ।
गृह मन्त्रालयमा फैलिएको भ्रष्टाचार : लेखकलाई बचाउन देउवा र ओली किन अग्रसर ?
बिहीबार, जेठ २२, २०८२
मन्त्री लेखकको राजीनामा माग जनताले पनि गरिरहेका छन्, राजनीतिक दलहरूले पनि। तर शक्तिशाली व्यक्तिहरूको संरक्षणमा सत्य लुकाउन खोजिएको स्पष्ट देखिँदैछ। यदि यो संस्कृति अब पनि रोकिएन भने ‘कानून सबैका लागि बराबर हो’ भन्ने मूल मन्त्र केवल भाषणमा सीमित रहन्छ ।
रवि प्रकरण र सत्ता : राष्ट्रिय राजनीतिमा नयाँ विकल्पको उज्यालो वा ओझेल ?
आइतबार, जेठ ११, २०८२
पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रबि लामिछानेको नेतृत्वमा बनेको यो दलले छोटो समयमा उल्लेखनीय लोकप्रियता बटुल्यो र संसदसम्मको यात्रा पूरा गर्यो। तर अब त्यही यात्रा प्रश्नहरूको केन्द्रमा छ- के रास्वपा साँच्चिकै दीर्घकालीन वैकल्पिक शक्ति बन्न सक्दछ? वा यो पनि क्षणिक उथलपुथल मात्र हो?
बन्चरेडाँडाको सास : बस्तीहरूमा दुर्गन्ध, महामारी र राज्यको मौनता
बिहीबार, वैशाख ११, २०८२
बस्तीभित्र फैलिएको दुरगन्ध, प्रदूषित हावा र पानीले महामारीको खतरा निम्त्याएको छ। स्वास्थ्य समस्याहरू– टाइफाइड, डायरिया, श्वासप्रश्वाससम्बन्धी रोग, छाला रोग आदि व्यापक रुपमा देखिन थालेका छन्। त्यस माथि, सास फेर्नै गाह्रो हुने स्थितिले "स्वस्थ जीवनको अधिकार" भन्ने संविधान प्रदत्त मौलिक अधिकारलाई चुनौती दिएको छ।
