News 24 Television
क्षमताभन्दा ९ गुणा बढी ओभरलोड गाडी निर्वाध सञ्चालन
क्षमताभन्दा ९ गुणा बढी ओभरलोड गाडी निर्वाध सञ्चालन निर्माणाधीन बुटवल–नारायणगढ सडक खण्डको कामप्रति जनस्तरबाट गुनासो र प्रश्न बढेपछि सरोकारवालाको टोलीले स्थलगत अनुगमन गरेको छ । एसियाली राजमार्गको मापदण्ड र गुणस्तरमा निर्माण गर्ने भनिएको यो खण्डमा पछिल्लो समय गुणस्तरमा प्रश्न उठेको छ । गुणस्तरमा प्रश्न उठेपछि संघीय सांसदसहित स्थानीय सरोकारवालाले निरीक्षण गरी सुधारमा जोड दिएका छन् ।
रुपन्देही क्रिकेटको शक्ति :  भारत र पाकिस्तानबाट खेल्न आउन थाले
रुपन्देही क्रिकेटको शक्ति : भारत र पाकिस्तानबाट खेल्न आउन थाले चुस्त व्यवस्थापन र नियमित प्रतियोगिताले रुपन्देहीको क्रिकेट सधैं अग्रणी भाग रहँदै आएको छ । संघीय सरकारले न्युन बजेट विनियोजन गरे पनि प्रदेश र स्थानीय तहसँगको सहकार्य, निजी क्षेत्रको सहयोग र दूरदर्शी नेतृत्वले रुपन्देहीको क्रिकेट क्षेत्र नै बदलिएको छ । रुपन्देही क्रिकेट संघले कार्यतालिका नै बनाएर निरन्तर क्रिकेट प्रतियोगिता गराउने भएकाले...
बन्धक बनाउने गिरोहसहित सबै नेपालीलाई नेपाल ल्याइयो
बन्धक बनाउने गिरोहसहित सबै नेपालीलाई नेपाल ल्याइयो भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा बन्धक बनाइएका ठूलो संख्याका नेपालीहरुको उद्धार गरिएको छ । त्याहाँबाट उद्धार गरि रुपन्देहीको बेलहिया नाका हुँदै ४ सय ५३ जनालाई नेपाल ल्याइएको हो ।
नीति तथा कार्यक्रमप्रति रुपन्देहीका ब्यवसायी उत्साहित
नीति तथा कार्यक्रमप्रति रुपन्देहीका ब्यवसायी उत्साहित निजी क्षेत्रले सरकारको नीति तथा कार्यक्रम सकारात्मक भएको प्रतिक्रिया दिएको छ । रुपन्देहीका उद्योगी–व्यवसायी तथा निजी क्षेत्रका छाता संगठनका पदाधिकारीहरुले प्रविधिको प्रयोगदेखि निजी क्षेत्रसँग साझेदारी गर्ने विषयवस्तु समेटिएको भन्दै आफूहरु वर्तमान सरकारसँग आशावादी रहेको जनाएका छन् ।
साधन अभावै शिक्षाः भैरहवाको बहिरा विद्यालयको स्वर्ण जयन्ती
साधन अभावै शिक्षाः भैरहवाको बहिरा विद्यालयको स्वर्ण जयन्ती कान सुन्न नसक्ने विद्यार्थीहरुलाई अध्ययन गराउने उद्देश्यले रुपन्देहीको भैरहवामा स्थापना भएको बहिरा बाल माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाएको छ । २०३२ सालमा श्रवण शक्ति नभएका विद्यार्थीहरुलाई अध्ययन÷अध्यापन गराउने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–२ मा यो विद्यालय स्थापना गरिएको हो ।
सडक निर्माणमा अत्याधुनिक प्रविधि, नेपालमै पहिलोपटक प्रयोग
सडक निर्माणमा अत्याधुनिक प्रविधि, नेपालमै पहिलोपटक प्रयोग पूर्व–पश्चिम राजमार्गअन्तर्गत धानखोला–लमही सडक खण्डको स्तरोन्नति सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार सडक खण्डको शिलान्यास गरेका छन् । यस सडक स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र सुपरपेभ आस्फाल्ट जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरिँदैछ । यी प्रविधिले पुराना सामग्री पुनःप्रयोग गर्दै...
फोहोर व्यवस्थापन चुनौति बन्दै, सिद्धार्थनगरमा थुप्रियो फोहोरको डंगुर
फोहोर व्यवस्थापन चुनौति बन्दै, सिद्धार्थनगरमा थुप्रियो फोहोरको डंगुर फोहोर उठ्न नसक्दा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका दुर्गन्धित बन्दै गएको छ । पछिल्लो दुई वर्ष यता नगरले फोहोर व्यवस्थापन गर्दै आएको डण्डा नदी छेउमा सर्वोच्च अदालतले डम्पिङ नगर्न आदेश गरेपछि पछिल्लो ६ दिन यता नगरको फोहोर उठ्न छाडेपछि नगर दुर्गन्धित बन्दै गएको हो ।
सीमामा कडाईले स्थानीय रुष्ट, निजी क्षेत्र उत्साहित
सीमामा कडाईले स्थानीय रुष्ट, निजी क्षेत्र उत्साहित घरायसी प्रयोजनका नाममा सिमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्राउने क्रमलाई नियन्त्रण गर्न रुपन्देहीका सीमावर्ती नाकामा कडाइ गरिएको छ ।
लुम्बिनीको मुहार फेरिदैं, जुट्यो अर्बौ रुपैयाँ रकम
लुम्बिनीको मुहार फेरिदैं, जुट्यो अर्बौ रुपैयाँ रकम बुद्ध जन्मस्थल लुम्बिनीसहित यससँग सम्बन्धित चार पालिकाको आध्यात्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य विकास गर्न विश्व बैंकले ठूलो आर्थिक सहयोग स्वीकृत गरेको छ ।
६ वर्ष थन्किएका बस जिर्ण अवस्थामै चलाइदै, मर्मतलाई १ करोड चाहिने
६ वर्ष थन्किएका बस जिर्ण अवस्थामै चलाइदै, मर्मतलाई १ करोड चाहिने बुद्ध जन्मस्थल लुम्बिनी भित्र्याइएको ६ वर्षपछि विद्युतीय सवारी संचालनको तयारी गरिएको छ । सुरुमा सेतो नम्बर प्लेटबाट कसरी चलाउने भन्ने विवाद थियो । त्यसपछि कार्यविधि नै बने छ । बेलाबेला सरकारी निर्देशनपछि दुईचार दिन संचालन गरेर विद्युतीय सवारी यत्तिकै थन्काइएको गरिन्थ्यो । पछिल्लो पटक प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयको चासो पछि...
पशु स्वास्थ्य, महामारी नियन्त्रण, खाद्य सुरक्षा, जलवायु परिवर्तनबारे छलफल
पशु स्वास्थ्य, महामारी नियन्त्रण, खाद्य सुरक्षा, जलवायु परिवर्तनबारे छलफल रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन–२०२६ हुने भएको छ । नेपालमा पशु स्वास्थ्य, प्रविधि तथा अनुसन्धानको समन्वित विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल भेटेरिनरी एशोसियसनको आयोजना र एशोसियसन लुम्बिनी प्रदेशको व्यवस्थापनमा सम्मेलन हुन लागेको हो ।
लुम्बिनीमा ११ जना ४० मुनिका युवा, पहिलो संसदीय यात्रा
लुम्बिनीमा ११ जना ४० मुनिका युवा, पहिलो संसदीय यात्रा सधैं पुराना दलका पाका पुस्ताका नेताहरुले जित्दै आएका लुम्बिनी प्रदेशका ११ क्षेत्रमा यसपटक ४० वर्ष मुनिका युवा निर्वाचित भएका छन् । निर्वाचित युवाहरुले काँग्रेस–एमाले र मधेश केन्द्रित दलका हेबिवेट नेताहरुलाई पराजित गर्दै संसदीय यात्रा सुरु गरेका हुन् ।
रुपन्देहीमा चुनावी तयारी कसरी हुँदैछ ?
रुपन्देहीमा चुनावी तयारी कसरी हुँदैछ ? रुपन्देहीमा निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । गएरातिदेखि मौन अवधि सुरु पछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले मतदानस्थल, केन्द्र र मतगणनास्थलमा आवश्यक तयारी तिव्र रुपमा अगाडि बढाएका हुन् । २१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।
एक दशकपछि दलहरु एक्लाएक्लै प्रतिष्पर्धामा
एक दशकपछि दलहरु एक्लाएक्लै प्रतिष्पर्धामा फागुन २१ नजिकिँदै गर्दा दल र उम्मेदवारहरुले चुनावी अभियानलाई तिव्रता दिएका छन् । विश्वभरका बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर शान्तिभूमि लुम्बिनी रहेको रुपन्देही–५ मा उम्मेदवारहरुले आफ्नो प्रभाव बढाउँदै लगिरहेका छन् । विगतमा काँग्रेस–एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुँदै आएको यो क्षेत्रमा यसपटक रास्वपाले चुनौती दिइरहेको छ ।
स्थानीय तहका जनप्रतिनिधिले बोक्ने प्रश्नसहित उम्मेदवार मैदानमा, रुपन्देहीमा चुनावी चर्चा
स्थानीय तहका जनप्रतिनिधिले बोक्ने प्रश्नसहित उम्मेदवार मैदानमा, रुपन्देहीमा चुनावी चर्चा चुनावी बाचा बोकेर अधिकांश उम्मेदवारहरुले घरदैलो यात्रामा छन् । २१ फागुनमा हुने निर्वाचनका लागि रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले घरदैलो सुरु गरेका छन् । आइतबारसम्म वडा, पालिका र क्षेत्रीय भेला गरेका उम्मेदवारहरु सोमबारदेखि घरदैलोमा निस्किएका हुन् ।
रुपन्देही १  : नयाँ भर्सेस् पुराना, मतदाता भन्छन् ‘बाचा पुरा गर्नुप¥यो’
रुपन्देही १ : नयाँ भर्सेस् पुराना, मतदाता भन्छन् ‘बाचा पुरा गर्नुप¥यो’ फागुन २१ गते हुने निर्वाचनको माहोल तात्दै गएको छ । उम्मेदवार मतदाता भेटघाटमा व्यस्त हुँदा मतदाताले पनि उम्मेदवारका बाचा नियाल्न थालेका छन् । जिल्लामा उत्तर–दक्षिण फैलिएको रुपन्देही–१ मा परम्परागत दललाई नयाँ र युवा उम्मेदवारले चुनौती दिइरहेका छन् ।
नीजि क्षेत्रको माग, कार्यान्वयन हुने घोषणापत्र अनिवार्य
नीजि क्षेत्रको माग, कार्यान्वयन हुने घोषणापत्र अनिवार्य २१ फागुनमा हुने निर्वाचन मिति नजिकिँदै जाँदा दलहरु घोषणा पत्रलाई अन्तिम रुप दिन लागि परेका छन् । हरेक निर्वाचनमा केन्द्रदेखि पालिकासम्म एकै प्रकृतिका घोषणा पत्र ल्याउने दलहरुले निर्वाचन जितेर सत्तामा पुगेपछि बाचा विर्सिन्छन् । तर, रुपन्देहीका उद्योगी व्यवसायीले भने बाचा पूरा हुने योजना मात्रै अघि सार्न सुझाएका छन् ।
पुरानो बाचा विर्सिए, नयाँ आश्वासन बाँड्दै उम्मेदवारहरु
पुरानो बाचा विर्सिए, नयाँ आश्वासन बाँड्दै उम्मेदवारहरु रुपन्देहीको क्षेत्र नम्बर ४ मा पर्ने मर्चवार जिल्लाकै दुर्गम क्षेत्र भनेर चिनिन्छ । कृषि उत्पादनमा अब्बल रहे पनि यो क्षेत्र शिक्षा, स्वास्थ्य, यातायात, पूर्वाधार विकासमा निकै पछाडि छ । निर्वाचनका बेला मात्रै आश्वासन बाँड्न आउने नेता चुनाव जितेपछि आफ्ना बाचा बिर्सन्छन् । यसपाली कस्तो आश्वासन बाँडन उम्मेदवारहरु आउँदै होलान् त...
नयाँ पुराना सबै दलबाट युवा उम्मेदवार, रुपन्देही ३ मा रोचक भिडन्तको संकेत
नयाँ पुराना सबै दलबाट युवा उम्मेदवार, रुपन्देही ३ मा रोचक भिडन्तको संकेत रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ–पूराना अधिकांश दलले युवालाई उम्मेदवार बनाएका छन् । अधिकांश युवा उम्मेदवारको पृष्ठभूमि पनि फरक छन् । यो क्षेत्रबाट दल र स्वतन्त्र गरी ३६ जनाको उम्मेदवारी परेको छ । युवा उम्मेदवारको संख्या अत्याधिक रहेका कारण यसपटक यहाँ प्रतिस्पर्धा रोचक हुने देखिन्छ ।
अनधिकृत विज्ञापन बिजुलीको पोलपोलमा, सिद्धार्थनगर नगरपालिका किन मौन ?
अनधिकृत विज्ञापन बिजुलीको पोलपोलमा, सिद्धार्थनगर नगरपालिका किन मौन ? अनाधिकृत रुपमा सिद्धार्थनगरका बजार क्षेत्रका विद्युतका पोलहरुमा भारतीय व्यवसायी र अस्पतालहरुका विज्ञापनका पर्चा पम्पलेट टाँसिदा बजार क्षेत्र कुरुप देखिएको छ । अनुमती विनै गरिएका यस्ता प्रचार रोक्न स्थानीय पालिकाले ध्यान दिएको छैन । तर यस्ता विज्ञापनहरुे भने आमनागरिकमा भ्रम समेत सिर्जना गरेको भन्दै स्थानीय स्तरमा विरोध शुरु भएको छ ।
पन्छी–पर्यटन विकाशका लागि तेस्रो ‘नेपाल बर्ड फेयर’ गरिँदै
पन्छी–पर्यटन विकाशका लागि तेस्रो ‘नेपाल बर्ड फेयर’ गरिँदै बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो नेपाल बर्ड फेयर हुने भएको छ । स्वदेशी तथा विदेशी चराविद्, विज्ञ, गणक र चरासँग सरोकार राख्ने सरोकारवालाई एकै ठाउँमा सहभागी बनाएर बर्ड फेयर गर्न लागिएको हो । पोखरा पन्छी समाजको आयोजना तथा ग्रीन युथ लुम्बिनीको सह–आयोजना उक्त बर्ड फेयर हुन लागेको आयोजकले मंगलबार लुम्बिनीमा पत्रकार...
Weather Update