लुम्बिनीमा आन्तरिक पर्यटक बढे, भारतीय घटे
शुक्रबार, चैत ६, २०८२
लुम्बिनीमा ११ जना ४० मुनिका युवा, पहिलो संसदीय यात्रा
बिहीबार, फागुन २८, २०८२
सधैं पुराना दलका पाका पुस्ताका नेताहरुले जित्दै आएका लुम्बिनी प्रदेशका ११ क्षेत्रमा यसपटक ४० वर्ष मुनिका युवा निर्वाचित भएका छन् । निर्वाचित युवाहरुले काँग्रेस–एमाले र मधेश केन्द्रित दलका हेबिवेट नेताहरुलाई पराजित गर्दै संसदीय यात्रा सुरु गरेका हुन् ।
रुपन्देहीमा चुनावी तयारी कसरी हुँदैछ ?
बुधबार, फागुन २०, २०८२
रुपन्देहीमा निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । गएरातिदेखि मौन अवधि सुरु पछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले मतदानस्थल, केन्द्र र मतगणनास्थलमा आवश्यक तयारी तिव्र रुपमा अगाडि बढाएका हुन् । २१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।
एक दशकपछि दलहरु एक्लाएक्लै प्रतिष्पर्धामा
आइतबार, फागुन १७, २०८२
फागुन २१ नजिकिँदै गर्दा दल र उम्मेदवारहरुले चुनावी अभियानलाई तिव्रता दिएका छन् । विश्वभरका बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर शान्तिभूमि लुम्बिनी रहेको रुपन्देही–५ मा उम्मेदवारहरुले आफ्नो प्रभाव बढाउँदै लगिरहेका छन् । विगतमा काँग्रेस–एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुँदै आएको यो क्षेत्रमा यसपटक रास्वपाले चुनौती दिइरहेको छ ।
स्थानीय तहका जनप्रतिनिधिले बोक्ने प्रश्नसहित उम्मेदवार मैदानमा, रुपन्देहीमा चुनावी चर्चा
बुधबार, फागुन ६, २०८२
चुनावी बाचा बोकेर अधिकांश उम्मेदवारहरुले घरदैलो यात्रामा छन् । २१ फागुनमा हुने निर्वाचनका लागि रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले घरदैलो सुरु गरेका छन् । आइतबारसम्म वडा, पालिका र क्षेत्रीय भेला गरेका उम्मेदवारहरु सोमबारदेखि घरदैलोमा निस्किएका हुन् ।
रुपन्देही १ : नयाँ भर्सेस् पुराना, मतदाता भन्छन् ‘बाचा पुरा गर्नुप¥यो’
शुक्रबार, माघ २३, २०८२
फागुन २१ गते हुने निर्वाचनको माहोल तात्दै गएको छ । उम्मेदवार मतदाता भेटघाटमा व्यस्त हुँदा मतदाताले पनि उम्मेदवारका बाचा नियाल्न थालेका छन् । जिल्लामा उत्तर–दक्षिण फैलिएको रुपन्देही–१ मा परम्परागत दललाई नयाँ र युवा उम्मेदवारले चुनौती दिइरहेका छन् ।
नीजि क्षेत्रको माग, कार्यान्वयन हुने घोषणापत्र अनिवार्य
आइतबार, माघ १८, २०८२
२१ फागुनमा हुने निर्वाचन मिति नजिकिँदै जाँदा दलहरु घोषणा पत्रलाई अन्तिम रुप दिन लागि परेका छन् । हरेक निर्वाचनमा केन्द्रदेखि पालिकासम्म एकै प्रकृतिका घोषणा पत्र ल्याउने दलहरुले निर्वाचन जितेर सत्तामा पुगेपछि बाचा विर्सिन्छन् । तर, रुपन्देहीका उद्योगी व्यवसायीले भने बाचा पूरा हुने योजना मात्रै अघि सार्न सुझाएका छन् ।
पुरानो बाचा विर्सिए, नयाँ आश्वासन बाँड्दै उम्मेदवारहरु
आइतबार, माघ ११, २०८२
रुपन्देहीको क्षेत्र नम्बर ४ मा पर्ने मर्चवार जिल्लाकै दुर्गम क्षेत्र भनेर चिनिन्छ । कृषि उत्पादनमा अब्बल रहे पनि यो क्षेत्र शिक्षा, स्वास्थ्य, यातायात, पूर्वाधार विकासमा निकै पछाडि छ । निर्वाचनका बेला मात्रै आश्वासन बाँड्न आउने नेता चुनाव जितेपछि आफ्ना बाचा बिर्सन्छन् । यसपाली कस्तो आश्वासन बाँडन उम्मेदवारहरु आउँदै होलान् त...
नयाँ पुराना सबै दलबाट युवा उम्मेदवार, रुपन्देही ३ मा रोचक भिडन्तको संकेत
शुक्रबार, माघ ९, २०८२
रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ–पूराना अधिकांश दलले युवालाई उम्मेदवार बनाएका छन् । अधिकांश युवा उम्मेदवारको पृष्ठभूमि पनि फरक छन् । यो क्षेत्रबाट दल र स्वतन्त्र गरी ३६ जनाको उम्मेदवारी परेको छ । युवा उम्मेदवारको संख्या अत्याधिक रहेका कारण यसपटक यहाँ प्रतिस्पर्धा रोचक हुने देखिन्छ ।
अनधिकृत विज्ञापन बिजुलीको पोलपोलमा, सिद्धार्थनगर नगरपालिका किन मौन ?
बिहीबार, पुस २४, २०८२
अनाधिकृत रुपमा सिद्धार्थनगरका बजार क्षेत्रका विद्युतका पोलहरुमा भारतीय व्यवसायी र अस्पतालहरुका विज्ञापनका पर्चा पम्पलेट टाँसिदा बजार क्षेत्र कुरुप देखिएको छ । अनुमती विनै गरिएका यस्ता प्रचार रोक्न स्थानीय पालिकाले ध्यान दिएको छैन । तर यस्ता विज्ञापनहरुे भने आमनागरिकमा भ्रम समेत सिर्जना गरेको भन्दै स्थानीय स्तरमा विरोध शुरु भएको छ ।
पन्छी–पर्यटन विकाशका लागि तेस्रो ‘नेपाल बर्ड फेयर’ गरिँदै
बुधबार, पुस २३, २०८२
बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो नेपाल बर्ड फेयर हुने भएको छ । स्वदेशी तथा विदेशी चराविद्, विज्ञ, गणक र चरासँग सरोकार राख्ने सरोकारवालाई एकै ठाउँमा सहभागी बनाएर बर्ड फेयर गर्न लागिएको हो । पोखरा पन्छी समाजको आयोजना तथा ग्रीन युथ लुम्बिनीको सह–आयोजना उक्त बर्ड फेयर हुन लागेको आयोजकले मंगलबार लुम्बिनीमा पत्रकार...
त्रिभूवन विमानस्थलभन्दा अब्बल गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल !
बिहीबार, पुस १७, २०८२
आवश्यक पूर्वाधार, सबल प्राविधिक पक्ष र सम्भावना हुँदैहुँदै पनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्दै मुख्यममन्त्री, मन्त्री, कर्मचारी र निजी क्षेत्रले एउटै मंचबाट दुखेसो पोखेका छन् । बुधबार भैरहवास्थित विमानस्थल परिसरमा नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औं स्थापना दिवस समारोहमा बोल्दैं उनीहरुले यस्तो दुखेको पोखेका हुन्...
बल्ल भैरहवा आइपुग्यो लुम्बिनी लायन्सको एनपीएल ट्रफी
बुधबार, पुस १६, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण उपाधि विजेता लुम्बिनी लायन्सको ट्रफी टूर रुपन्देहीको भैरहवा पुगेको छ । च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर पुस ५ गते बाँके र बर्दियाबाट सुरु भएको थियो । लुम्बिनी प्रदेशका १२ जिल्लामा ट्रफी टूर अन्तर्गत मंगलबार भैरहवामा ट्रफी ल्याइएको हो ।
नेपाली हात्तीको घर अब कतारमा, बिहिवार कतारी भूमी टेक्दै खगेन्द्रप्रसाद र रुद्रकली
बिहीबार, पुस ३, २०८२
चितवनबाट भैरहवा ल्याइएका खगेन्द्रप्रसाद र रुद्रकली हात्तीलाई बुधबार साँझ कतार पठाइएको छ । भैरहवास्थित गौतमबुद्ध अनतर्राष्ट्रिय विमानस्थलमा दुबै हात्तीलाई सयपत्रीको माला र अबिरले बिदाई गरिएको हो । दुवै हात्तीलाई चितवनबाट पनि विशेष समारोहका बीच बिदाई गरिएको थियो ।
गुणस्तरीय धान पाउनै मुस्किल, रुपन्देहीमा गोदाम रित्तै
शुक्रबार, मंसिर १२, २०८२
भैरहवास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवाको गोदाम नै खाली भएको छ । खाद्य व्यवस्थाले यसवर्ष ५ हजार क्विन्टल साँवा मनसुली धान खरिद गर्ने लक्ष्य राखेको छ । तर, बजार भाउ भन्दा बढी मूल्य तोकिए पनि किसानले धान विक्री गर्न नआउँदा गोदाम नै खाली भएको हो...
आठ लाख भन्दा बढी नयाँ मतदाता थपिए
आइतबार, मंसिर ७, २०८२
रुपन्देहीका शहर, बजार र ग्रामीण क्षेत्रमा अहिले स्तरीय होटल सञ्चालनको लहर नै चलेको छ । अहिले रुपन्देहीमा आधुनिक सुविधासहित चारवटा पाँचतारे होटल सञ्चालनमा आएका छन् । यी होटलहरुमा १२ अर्ब लगानी भएको छ ।
नेताहरुको खेलाँचीले सम्भावना खेर ! हेर्दा राम्रो अवस्था, कृषिमा वेवास्ता
शनिबार, कात्तिक २९, २०८२
रुपन्देहीका दक्षिणी क्षेत्रमा कृषिको प्रशस्त सम्भावना भए पनि स्थानीय तहले खास प्राथमिकतामा नराखेको देखिएको छ । स्थानीय तहका अध्यक्ष–उपाध्यक्षले आफ्नो स्वार्थ अनुसार बजेट उपयोग गर्न खोज्दा कृषि शाखालाई न्यून बजेट छुट्याउने गरेको आरोप लागिरहेको छ । यसले ग्रामीण क्षेत्रमा कृषिलाई व्यवसायिक बनाउने कुरा नीतिमा सीमित बनेको छ ।
फसेका पर्यटक फर्किन शुरु, तिलिचो जान रोक, कसरी गरिदैंछ उद्धार ?
बिहीबार, कात्तिक १३, २०८२
मनाङमा हिमपात रोकिएर मौसम खुल्न थालेसँगै पर्यटकहरू फर्किन थालेका छन् । थोराङ्ला र तिलिचो क्षेत्रबाट फर्किएका पर्यटकहरूको स्थानीय होटल, होमस्टे र स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय र सुरक्षाकर्मीको सहजीकरणमा व्यवस्थापन गरिएको छ । स्थानीय निकायको समन्वयमा सडक खुलाउन डोजर परिचालन गरिएसँगै अधिकांश पर्यटक तल्लो क्षेत्रमा झर्दै सुरक्षित स्थानमा आइपुगेका हुन्...
अझै रोकिएनन् प्लाष्टिकका माला, अवैध आयातले फूल किसान मारमा
मंगलबार, कात्तिक ४, २०८२
तिहारमा प्लाष्टिकजन्य माला प्रयोग नगर्न सरकार र स्थानीय पालिकाहरुले आह्वान गरेका छन् । तर, रुपन्देही लगायत आसपासमा तराईका जिल्लाहरुमा भने प्रतिबन्धित मालाको खुलेआम खरिदविक्री भइरहेको छ भने, नियामक निकायले अवैध मालाको विक्री रोक्नेतर्फ खासै ध्यान दिएका छैनन् ।
तिहारले पाला व्यवसायी बेफुर्सदिला, उठेदेखि काममै व्यस्त
बुधबार, असोज २९, २०८२
उज्यालो पर्व दिपवाली अर्थात् तिहार नजिकिँदै छ । तिहारलाई लक्षित गरी रुपन्देहीका भित्री बस्तीहरुमा माटोको पाला बनाउनेहरुलाई भ्याईनभ्याई छ । सिजनअनुसार माटोका भाँडाकुँडा बनाउँदै आएकाहरु अहिले तिहारको छेको पारेर पाला बनाउनमा व्यस्त छन् ।
भैरहवामा दशैँ बजार, विदेशीभन्दा उत्कृष्ट स्वदेश सामान
बिहीबार, असोज ९, २०८२
उपभोक्ता माझ स्वदेशमै उत्पादित बस्तुको पहिचान र प्रवद्र्धन गर्नका लागि बुधवारदेखि भैरहवामा दशैं सस्तो बजार सञ्चालनमा ल्याइएको छ । बजार सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीे बजार संघकै भवन परिसर भित्र सञ्चालनमा ल्याएको हो । असोज १२ गतेसम्म सञ्चालन हुने बजारमा विभिन्न स्वदेशी बस्तुका १४ वटा स्टल छन् ।
खरानी खोस्रिएर शुरु गरियो अत्यावश्यक सेवा
सोमबार, भदौ ३०, २०८२
जेनजी आन्दोलनका नाममा भएको तोडफोड र आगजनीले क्षति पुगेका रुपन्देहीका धेरै कार्यालयहरुले पाल टाँगेर, पार्किङ र बैकल्पिक उपायहरु अपनाएर कार्यालय संचालन र सेवा दिन सुरु गरेका छन् । खासगरी सेवाग्राहीको बढी भीड हुने कार्यालयहरुले आइतबारदेखि नै सेवा सुचारु गरेका हुन् ।
