२४ औं अनसन शुरु, समर्थनसँगै विरोध पनि बढ्दै
शनिबार, साउन ९, २०८३
सुदूरपश्चिमका मुख्यमन्त्रीमा नेकपाको दाबी, शुरु ग¥यो छलफल
शुक्रबार, साउन १, २०८३
सुदूरपश्चिम प्रदेशको राजनीतिमा नयाँ सत्ता समीकरणको संकेत देखिएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्दै आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ ।
बालेनको डिसिजन : अर्बौको पूर्वाधार बल्ल प्रयोगमा
शुक्रबार, असार २६, २०८३
मन्त्रिपरिषद्को निर्णयसँगै कैलालीको गेटा अस्पताल अब शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनेको छ । यससँगै चिकित्सा शिक्षा अध्यापनको बाटो खुलेको छ भने लामो समयदेखि प्रयोगविहीन रहेका अर्बौँ रुपैयाँका पूर्वाधार उपयोगमा आउने अपेक्षा बढेको छ ।
सुदूरपश्चिममा आधारभूत अस्पताल अलपत्र, वर्षौदेखि निर्माण सुस्त
बिहीबार, जेठ २१, २०८३
डोटीको बोगटान फुड्सिल गाउँपालिका २ केदारअखडामा निर्माणाधीन १५ शैयाको आधारभूत अस्पताल अलपत्र अवस्थामा रहेको छ । समयमै अस्पताल भवन निर्माण नहुँदा स्थानीयवासी आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन बाध्य भएका छन् ।
दिवानसिंह बिष्टको योजना ‘फ्लप’, पार्टी विवाद नयाँ मोडमा
बुधबार, जेठ २०, २०८३
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध कांग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भए पनि समर्थक सांसदको संख्या घटेपछि तत्कालका लागि उनको पद सुरक्षित बनेको छ । बहुमत सांसदले दलको नेता फेर्ने प्रयास अघि बढाएपनि पछि एक जना सांसदले नाम फिर्ता लिएसँगै शाहकको पद जोगिएको हो ।
विसु पर्व मनाउन हजारौ सुदूरपश्चिमेली घर फर्कदैं, बढ्यो चहलपहल
सोमबार, चैत ३०, २०८२
सुदूरपश्चिमवासीले मनाउँदै आएको बिसुुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएकाहरु यतिबेला घर फर्कन थालेका छन् । सुदूरपश्चिम प्रदेशभर नयाँ वर्षलाई बिसु पर्वका रूपमा मनाउन गाउँघरमा चहलपहल बढेको छ । चैतको सुरुआतदेखि बिसु मनाउन बाहिर रहेका आफन्तहरु घर फर्कने गर्दछन् । बिसुपर्वका लागि घर जाने तथा आउनेहरूको...
गेटा विश्वविद्यालयबाट एमबीबीएसदेखि नर्सिङसम्म पढाइ सुरु हुने
बिहीबार, चैत २६, २०८२
गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा अध्यापन गराउने निर्णय भएको छ । बुधवार बसेको विश्वविद्यालय सभाले आगामी शैक्षिक सत्रमा चिकित्सा शिक्षा अध्यापन गराउने निर्णय गरेको हो ।
निराशाजनक खर्चले सरकारको क्षमतामाथि प्रश्न, चार महिनामा ८२ प्रतिशत बजेट खर्च गर्नुपर्ने बाध्यता
बिहीबार, चैत १२, २०८२
खर्च गर्ने क्षमता विस्तार गर्न नसक्दा सुदूरपश्चिम प्रदेशको बजेट कार्यान्वयन अवस्था निराशाजनक देखिन्छ । बजेट खर्चमा देखिएको समस्याका कारण समग्रमा विकास निर्माणदेखि मानव सुचांकमा समेत गम्भीर प्रभाव पर्ने गरेको पाइन्छ ।
जितेकाहरु संसद छिर्दै, मतदाताहरु मुग्लान फर्किँदै
सोमबार, चैत २, २०८२
निर्वाचनका बेला स्वदेश फर्किएका सुदूरपश्चिमेली मतदान सकिए लगत्तै रोजगारीका लागि कैलालीको त्रिनगर सीमा नाका हुँदै मुग्लान फर्किन थालेका छन् । केही दिनदेखि नेपाल–भारतको त्रिनगर सीमा नाका हुँदै उनीहरु रोजगारीको लागि कार्मथलोमा फर्किन थालेका हुन् ।
युवालाई स्वरोजगार बन्ने बाटोमा हिडाउँदै धनगढी उपमहानगरपालिका
आइतबार, फागुन १०, २०८२
युवाहरुलाई सीपमूलक तालिममार्फत स्वरोजगार बनाउने उद्देश्यले धनगढी उपमहानगरपालिकाले सुरु गरेको सिप तथा रोजगार मेला सञ्चालन भईरहेको छ । सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ८३ स्थानीय तहबाट छनोट गरिएका करिब ६ सय प्रशिक्षार्थी मेलामा सहभागी छन् ।
बालेनले भने–स्वीट्जरल्याण्डको बाउ ‘बडिमालिका’
बिहीबार, फागुन ७, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार कैलालीको धनगढीमा परिवर्तन उद्घोष सभा नाम दिएर चुनावी सभा गरेको छ । चुनावी सभामा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख नेता रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहले कुशसान र बेथितिका सटर सधैंका लागि बन्द गर्नेदेखि विकासको संकल्प गरेका छन् ।
डोटी छाडेर आएका प्रेम आलेलाई नयाँको डर कि पुरानाको ?
सोमबार, माघ १९, २०८२
सुदूरपश्चिमको राजधानी रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ चर्चाको क्षेत्रका रुपमा रहेको छ । ७९ को निर्वाचनमा एकीकृत समाजवादीबाट डोटीमा निर्वाचित प्रेमबहादुर आले उम्मेदवार रहेका कारण पनि यो क्षेत्र चर्चामा छ ।
सेवा गुम्ने जोखिमपछि स्थानीय आन्दोलनमा
बिहीबार, पुस १७, २०८२
कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) र गोदावरी नगरपालिका – १ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।
अपाङ्ग महासंघ सुदूरपश्चिममा तालाबन्दी किन ? विवाद थप बल्झिदै !
शनिबार, पुस १२, २०८२
अपाङ्ग महासंघ सुदूरपश्चिममा तालाबन्दी किन ? विवाद थप बल्झिदै !
अपांग महासंघमा किन भाँडभैलो, अध्यक्षविरुद्ध तालाबन्दी
सोमबार, पुस ७, २०८२
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विवाद सतहमा आएको छ । महासंघका केन्द्रीय अध्यक्ष देवीदत्त आचार्यले सुदूरपश्चिम प्रदेश समितिमा हस्तक्षेप बढाएपछि महासं विवादित बनेको हो ।
घर–घरमै पुग्दै स्वास्थ्य विशेषज्ञ, निःशुल्क स्वास्थ्य सेवाले धनगढीवासी खुशी
शुक्रबार, मंसिर २६, २०८२
कैलालीको धनगढी उप–महानगरपालिकाले सञ्चालन गरेको विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य सेवा प्रभाकारी बन्दै गएको छ । नयाँ जनप्रतिनिधिहरु आएसँगै उप–महानगरपालिकाले सञ्चालनमा ल्याएको विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य सेवाबाट विपन्न गरिब तथा आर्थिक रुपमा कमजोर वर्गका नागरिक लाभान्वित भएका छन् ।
सुदूरपश्चिममा निर्वाचन केन्द्रित सुरक्षा बैठकः प्रदेश सरकारको साथ
बुधबार, मंसिर १७, २०८२
आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गरि सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा प्रदेशको सुरक्षा अवस्था, अपराध नियन्त्रण, सीमा सुरक्षाको विषयमा पनि प्रदेशको सुरक्षा निकायसँग गृहमन्त्री अर्यालले छलफल गरेका हुन्।आगामी फागुन २१ गते प्रतिनिधिसभा सभा सदस्य निर्वाचनको तयारी तीब्र छ । निर्वाचन आयोगले निर्वाचन प्रणाली...
डिपो स्थानान्तरणको मागगर्दै आन्दोलनको तयारी
सोमबार, कात्तिक १७, २०८२
घनाबस्तीको बीचमा रहेको नेपालआयलनिगमको सुदूरपश्चिमप्रादेशिक डिपो तत्काल स्थानान्तरणको मागगर्दै स्थानीयले दबाबमूलककार्यक्रमआयोजनाको तयारी गरेका छन् ।
फेरि भारत फर्किन थाले सुदूरपश्चिमवासी, रोजगारीको खोजी
शुक्रबार, कात्तिक १४, २०८२
दशैं तिहार मनाउन घर फर्किएका सुदूरपश्चिमेलीहरु पुनः काम खोज्दै भारत जान थालेका छन् । अहिले कैलालीको त्रिनगर भन्सार नाकामा भारतमा काम गर्न जाने नेपालीहरुको लर्को देखिएको छ । दैनिक गुजारा चलाउन प्राय सुदूरपश्चिवासी भारतमा काम गर्न जाने गर्दछन् ।
जेन–जीले दिएको पीडा कम गरिँदै, स्थानीय नै जुटे सेवा सञ्चालनमा
शुक्रबार, असोज ३, २०८२
जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी कार्यालयहरूको सेवा सञ्चालनका लागि पुनःस्थापनामा जुटेका छन् । कर्मचारीसँगै स्थानीयको सहभागितामा कार्यालयहरू पुनःसञ्चालनको लागि सरसफाई, सामग्री व्यवस्थापन र सेवा सञ्चालनमा जुटेका हुन् । कार्यालयले अहिले प्राथमिकताका आधारमा सरसफाई र मर्मतलाई तीव्रता दिएको छ ।
