News 24 Television
बालेन नहुँदा झापा ५ को कमाण्ड सविनाको हातमा, घरदैलो बुलेट ट्रेनको स्पीडमा
बालेन नहुँदा झापा ५ को कमाण्ड सविनाको हातमा, घरदैलो बुलेट ट्रेनको स्पीडमा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घरदैलो अभियान तीव्र बन्दै गएको छ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बिरूद्ध काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर तथा रास्वपाका बरिष्ठ नेता बालेन शाह चुनावी प्रतिष्पर्धामा उत्रिएपछि यतिबेला चर्चामा रहेको छ, झापा–५...
ओली–बालेन भिडन्त : चर्चामा झापा क्षेत्र नं ५
ओली–बालेन भिडन्त : चर्चामा झापा क्षेत्र नं ५ आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर ५ देशकै सबैभन्दा चासोपूर्ण निर्वाचन क्षेत्रमध्ये एक बन्ने संकेत देखिएको छ । कारण एउटै छ—नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाको प्रमुखबाट राजीनमा दिएका बालेन शाहबीच यही क्षेत्रमा हुने सम्भावित चुनावी प्रतिस्पर्धाको चर्चा ।
सन् २०२६ पठन संस्कृति वर्ष घोषणा, १०० भन्दा बढि संस्थाको ऐक्यवद्धता
सन् २०२६ पठन संस्कृति वर्ष घोषणा, १०० भन्दा बढि संस्थाको ऐक्यवद्धता । झापामा सन् २०२६ लाई ‘पठन संस्कृति वर्ष’का रूपमा मनाउने घोषणा गरिएको छ । जिल्लामा पढ्ने संस्कारलाई संस्थागत गर्ने उद्देश्यसहित १०० भन्दा बढी शैक्षिक, साहित्यिक, सामाजिक तथा सञ्चारसम्बद्ध संघसंस्था एकजुट भएका छन् ।
रैथाने खाना भक्का, यसरी जित्दैछ सबैको मन
रैथाने खाना भक्का, यसरी जित्दैछ सबैको मन चिसो याम सुरु भएसँगै झापाका बजार तथा चोकचोकमा भक्का खानेको घुइँचो हुने गरेको छ । विशेषगरी बिहान र बेलुकाको समयमा तातो–तातो भक्काको स्वाद लिन सर्वसाधारणहरूको बाक्लो उपस्थिति रहने छ । चामलको पिठोलाई बाफमा पकाइने भक्का विशेष गरी तराईमा बस्ने आदिवासी थारु र राजवंशी समुदायको परम्परागत तथा रैथाने खाजा हो ।...
झापाबाट रोहिंग्या शरणार्थी नेपाल भित्रिने डर
झापाबाट रोहिंग्या शरणार्थी नेपाल भित्रिने डर रोहिंग्या शरणार्थीको अवैध प्रवेश बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै झापाको काँकरभिट्टा नाकासहित भारतसँग जोडिएका सीमानाकामा सुरक्षा निकायले निगरानी कडा बनाएका छन् ।
झापामा जेनजीहरु सक्रिय, मतदाता बन्ने होड, उल्लासको माहोल
झापामा जेनजीहरु सक्रिय, मतदाता बन्ने होड, उल्लासको माहोल सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले जारी गरेको आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै झापामा मतदाता नामावली दर्ता गराउनेको घुइँचो लागेको छ ।
झापावासी सताउँदै एशियन हाइवे ! सचेत नभए ज्यानकै जोखिम
झापावासी सताउँदै एशियन हाइवे ! सचेत नभए ज्यानकै जोखिम पूर्वी नेपाल क्षेत्रको काँकरभिट्टादेखि लौकहीसम्म १ सय २० किलोमिटर मध्ये अहिले ९५ दशमलव ७६ किलोमिटर सडकको स्तरोन्नती कार्यले गति लिइरहेको छ । तर, झापाहुँदै अघि बढ्ने एसियन हाइवे खण्डमा निर्माण कार्यमा देखिएको चरम लापरबाही र डाइभर्सनको अव्यवस्थापनले यात्रुहरू मात्र होइन, यातायात व्यवसायीहरू समेत दैनिक सास्ती भोगिरहेका छन् ।
क्षणभरमै एकै किसानको करोडौं स्वाह, सरकार वेमतलबी बनेको गुनासो
क्षणभरमै एकै किसानको करोडौं स्वाह, सरकार वेमतलबी बनेको गुनासो झापाको झापा गाउँपालिका–३ स्थित रङपुरका किसानको व्यवसायिक केरा खेतीमा बाढी पस्दा करोडौंको क्षति भएको छ ।  दुईसाता अघि दशैंको बेला अविरल वर्षापछि माई खोलामा आएको बाढीले स्थानीय चन्द बस्नेतको करिब ३० विगाहा क्षेत्रफलमा फैलिएको केरा खेती सखाप पारिदिएको हो ।
विध्वंसमा परेको मेची बल्ल खुल्यो, अब व्यापार गर्न ढुक्क
विध्वंसमा परेको मेची बल्ल खुल्यो, अब व्यापार गर्न ढुक्क तोडफोड र आगजनीले तहसनहस भएको मेची भन्सार कार्यालय काँकरभिट्टाले सेवा सुचारु गरेको छ । जेन–जीको आन्दोलनबाट क्षतिग्रस्त भई सेवा अवरुद्ध भएको यस कार्यालयले सोमबारदेखि पुनः सेवा शुरू गरेको हो ।
झापाका नगरहरु अझै जुटेनन्, नागरिकको करोडौं रकम कामविहीन
झापाका नगरहरु अझै जुटेनन्, नागरिकको करोडौं रकम कामविहीन झापाको कनकाइ नगरपालिका, विर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाको साझेदारीमा ८ वर्षअघि शुरु गरिएको परियोजना अहिलेसम्म पनि पूर्ण हुन सकेको छैन । राज्यकोषको १६ करोडभन्दा बढी खर्च भइसकेपनि “कनकाई–विर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेड” ले हालसम्म नागरिकलाई प्रत्यक्ष सेवा दिन सकिरहेको छैन ।
चैते धानमा विचौलियाको रजगज
चैते धानमा विचौलियाको रजगज सिंचाई झापाका धेरै ठाउँमा चैते धान लगाइन्छ । चैतमा लगाइएको धान भित्र्याएर असारको धान रोप्ने तयारीमा रहेका यहाँका किसानले चैते धानको उचित मूल्य पाएका छैनन् । 
हात्तीले उजाडेको गाउँको कथा : बाँच्नकै लागि भोट सौदाबाजी ! नेता वेमतलबी   
हात्तीले उजाडेको गाउँको कथा : बाँच्नकै लागि भोट सौदाबाजी ! नेता वेमतलबी    झापाको बाहुनडाँगी क्षेत्रमा जंगली हात्तीको आतंक दिनदिनै बढ्दो छ । मानवीय क्षति, खेतीबालीको विनाश र त्रासदीपूर्ण जीवनका बीच यहाँका बासिन्दा बाँचिरहेका छन् । तर, नेताहरूका लागि यो समस्या वर्षौदेखि चुनावी भाषणको आकर्षक मुद्दा मात्र बन्ने गरेको   छ । 
तथ्य जाँच नगरी प्रहरीको एक्सन, ‘पछि ए होइन रहेछ’ भन्दै ब्याक !
तथ्य जाँच नगरी प्रहरीको एक्सन, ‘पछि ए होइन रहेछ’ भन्दै ब्याक ! नेपाल प्रहरीले झापाको विर्तामोड–५ बाट आइतबार साँझ भारतीय नम्बर प्लेटका तीनवटा कन्टेनर नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको खबर सार्वजनिक भएसँगै चौतर्फि चर्चा र भ्रम फैलिएको छ ।
संसारी माईको मन्दिर भत्काइयो, स्थानीय आक्रोशित 
संसारी माईको मन्दिर भत्काइयो, स्थानीय आक्रोशित  झापाको मेचीनगरमा रहेको ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको पातलगंगाधामस्थित संसारी माई मन्दिर सोमबार राति डोजर लगाएर भत्काइएको छ । सार्वजनिक मन्दिर भत्काइएपछि सनसारी माईको सामूहिक पूजाको तयारीमा जुटेका स्थानीय बासिन्दा आक्रोशित बनेका छन् ।
लोपोन्मुख मेचेको वैशागु बथर ! भारतीय पनि उत्सवमा सामेल 
लोपोन्मुख मेचेको वैशागु बथर ! भारतीय पनि उत्सवमा सामेल  नेपालको लोपोन्मुख मेचे जातीले यस वर्षको वैशागु बथर पर्व धुमधामका साथ मनाएका छन् । झापाको मेचीनगरमा विशेष कार्यक्रमको आयोजना गर्दै मेचे समुदायले यस वर्षको वैशागु बथर पर्व मनाएको हो । 
नयाँ वर्षकै दिन शुरु हुने सिरुवा, पूर्वका आदिवासीमा छायो रौनक 
नयाँ वर्षकै दिन शुरु हुने सिरुवा, पूर्वका आदिवासीमा छायो रौनक  नयाँ वर्षको सुरुवातसँगै झापासहित पूर्वी तराईका जिल्लामा बसोबास गर्ने विभिन्न आदिवासी समुदायले सिरुवा पर्व हर्षोल्लासका साथ मनाउँदै छन् । 
न्यूज २४ समाचार प्रभाव, विचौलिया पक्राउ 
न्यूज २४ समाचार प्रभाव, विचौलिया पक्राउ  यातायात व्यवस्था कार्यालय झापामा बिचौलियाको रजगज चल्दा सेवाग्राही ठगिने गरेको गुनासोसहितको समाचार न्यूज २४ टेलिभिजनमा प्रशारण भएपछि जिल्ला प्रहरी कार्यालय झापा सक्रिय बनेको छ । 
लाखौंको लगानी डामाडोल ! सरकारको पुगेन नजर 
लाखौंको लगानी डामाडोल ! सरकारको पुगेन नजर  गाईको व्यवसायी पालनमा लागेका किसानहरु मारमा पर्न थालेका छन् । गाई फर्म नै दर्ता गरि व्यवसायमा लागेकाहरु सुरुवाति चरणमा धेरै सफल पनि भए । तर, मुुलकमा उचित व्यवस्थापन नहुँदा अहिले ऋणले थिच्न थालेको गुनासो उनीहरुको छ । 
सहिद कै उपहासमा उत्रिए नेताहरु ! सत्ताको लोभले मनपरि !
सहिद कै उपहासमा उत्रिए नेताहरु ! सत्ताको लोभले मनपरि ! देशभर विभिन्न कार्यक्रम गरि सहिद दिवसलाई भव्यताका साथ मनाइएको त छ । तर, के सहिदप्रति श्रद्ध र सम्मान साँचै भएको छ त ? यो प्रश्न गम्भिर रुपमा उठ्न थालेको छ । मुलुकको अवस्थालाई अग्रगामी दिशामा लैजान जीवन नै आहूति दिने सहिदको वलिदानलाई सरकारले साँचै सम्मान गरेको छ त ? सहिदका...
भारतीय बजार गुल्जार, नेपाली ब्यापारी ग्राहक कुर्दै
भारतीय बजार गुल्जार, नेपाली ब्यापारी ग्राहक कुर्दै पूर्वको मुख्य नाका काँकरभिट्टामा भारतीय बजारबाट किनमेल गरेर ल्याइएको सामानहरुमा अनिवार्य भन्सार महशुल लिने व्यवस्था कार्यन्वयन फितलो देखिएको छ । सरकारले २०८० साल साउन १ गतेदेखि नै देशका सबै नाकाहरुमा सीमावर्ती बजारबाट किनमेल गरेर ल्याएको एकसय रुपैयाँभन्दा बढी मूल्यको सामान अनिवार्य भन्सार लाग्ने नियम लागु गरेको थियो । तर, मेची...
मेचीनगर नगरपालिकाद्वारा नगर प्रहरीलाई सवारी साधन हस्तान्तरण
मेचीनगर नगरपालिकाद्वारा नगर प्रहरीलाई सवारी साधन हस्तान्तरण झापाको मेचीनगर नगरपालिकाले नगर प्रहरीलाई सवारीसाधन हस्तान्तरण गरेको छ । बिहिवार बिहान एक संक्षिप्त कार्यक्रमका बिच नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी र योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीले नगरप्रहरीलाई उक्त सवारीसाधन हस्तान्तरण गरेका हुन् । 
कनकाई ६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार ओली निर्वाचित
कनकाई ६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार ओली निर्वाचित झापाको कनकाई नगपालिका ६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार ओलीले एमालेका तुलराम बस्नेतलाई १३७ मतान्तरले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले ४९३ मत ल्याएकोमा एमालेका बस्नेतले ३५६ र काँग्रेसका रामगोपाल ओलीले ३१७ मत प्राप्त गरेका छन् ।
मेची नगर एक्सनमा उत्रियो, १० विघाहभन्दा बढी संरक्षण
मेची नगर एक्सनमा उत्रियो, १० विघाहभन्दा बढी संरक्षण झापाको मेचीनगर नगरपालिकाले सरकारी जग्गा अतिक्रमण गर्नेमाथि डोजर चलाएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा उपप्रमुख मीना पोखरेल उप्रेतीसहितको टोलिले विहीबार सरकारी स्वामित्वमा रहेको तर, नकलबन्दा टि–स्टेटले वर्षौंदेखि कब्जा गरि प्रयोग गरिरहेको दश विगाहाभन्दा बढी सरकारी जग्गामाथिको अतिक्रमण हटाएको हो । 
सुरक्षा र जानकारी दिन यात्रु सहायता कक्ष सञ्चालन
सुरक्षा र जानकारी दिन यात्रु सहायता कक्ष सञ्चालन नजिकिँदै गरेको बडादशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर यात्रुलाई सहज र सुरक्षित यात्राका लागि झापाको पूर्वी सिमावर्ती सहर काँकरभिट्टको बसपार्कमा यात्रु सहायता कक्ष (हेल्प डेक्स) स्थापना गरिएको छ । 
Weather Update